तस्कर चिनियाँ पक्राउ

१७ श्रावण २०७०, बिहीबार १९:३५ मा प्रकाशित

काठमाडौं, १७ साउन । कछुवाको खवटाको मुखुण्डो तस्करी गरेर चीनतर्फ लैजाने क्रममा एक चिनियाँ नागरिकलाई प्र्रहरीले गिरफ्तार गरेको छ । सीमा प्रहरी चौकी कोदारी (सिन्धुाल्चोक)को चेक प्वाइन्टमा खटिएको प्रहरीले टोलीले काठमाडौँबाट लिपिङततर्फ जादै गरेको बा.१ प ४०५ नम्वरको पर्यटक बसबाट २२८२९७३६ नंबरको पासपोर्टधारी चिनियाँ नागरिक याङ डोङलाई कछुवाको खपडामा चाँदी, धातु र पत्थरले विभिन्न आकृति कुदिएको १० इन्च लम्बाई, ६ ईन्च चौडाई र ३ इन्च गहिराई भएको २ थान मुखुण्डोसहित पक्राउ गरेको हो । प्रहरीले उक्त बस र चालकलाई समेत नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।
उता जाजरकोट नायकवाडा–७ बस्ने २१ बर्षीय नवराज सिंहलाई प्रहरीले मेड इन चाइना लेखिएको रिभल्वर १ थान र सोको गोली ६ राउण्ड सहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बारेकोटमा कार्यरत प्रहरी जवान डिल्ली बहादुर शाही रोकायागाँउ–९ बाङगेरबाट मेसको लागि तरकारी लिएर कार्यालयतर्फ फर्कदै गरेको अवस्थामा निज सिंह र दुई अपरिचित व्यक्तिहरुको हातमा रिभल्वर देखेपछि उक्त हतियार खोस्ने क्रममा ट्रेगरगार्ड भाँचिन गएकोले गोली नपड्केपछि उनीहरु उक्त हतियार छाडेर भागेका थिए ।
उक्त घटनापछि इलाका प्रहरी कार्यालय बारेकोट र इलाका प्रहरी कार्यालय सिलिङगेचौर नायकवाडाबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दा नवराज सिंहलाई फेला पारेको थियो । अन्य फरार अभियुक्तहरुको खोजतलास गर्नुको साथै प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोना संक्रमण उच्च भएको भारतमा मृतकको संख्या अत्याधिक हुनथालेपछि शव व्यवस्थापनमा समस्या भएको छ । बीबीसीका अनुसार उत्तरी भारतको गंगा

काठमाडौं । प्रतिनिधि सभामा दोस्रो, तेस्रो र चौथौं ठूलो दलका रूपमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले

पाल्पा जिल्लाको वगनासकाली गाउँपालिका–७ खानीगाउँका शङ्कर गैरेले अमेरिकाबाट विद्यावारिधि गर्नुभएको छ । अमेरिकाको टेक्सस राज्यस्थित ए एण्ड एम विश्वविद्यालयबाट डिपार्टमेण्ड

काठमाडौँ । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई