आफूमाथि सुरक्षा खतरा बढाएको जेपी गुप्ताको आरोप

१७ श्रावण २०७०, बिहीबार १७:५२ मा प्रकाशित

काठमाडौं, १७ साउन । पूर्वमन्त्री जेपी गुप्ताले सरकारले आफूमाथि निगरानी राखेर सुरक्षा थ्रेट बढाएको आरोप लगाएका छन् । चुनावका नाउँमा तराईमा व्यापक सुरक्षा तैनाथी बढाउने नीतिले आफूमाथि सुरक्षा खतरा बढेको भन्दै जेनेभास्थित राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्त नवनिथम पिल्लेलाई गुप्ताले पत्रसमेत पठाएका छन्। गुप्ता तराईका भूमिगत संगठनको मोर्चा बनाउन सक्रिय रहेको र तराई केन्द्रित दलका नेताविरुद्ध भौतिक आक्रमणको चेतावनी दिएको राजन मुक्तिसँग साँठगाँठ गरेको सूचना विश्लेषण गर्दै गृह मन्त्रालयले उनका गतिविधि निगरानीलाई थप कसिलो बनाउने निष्कर्ष निकालेको थियो। 
सरकारी निगरानीले निर्वाध हिँडडुलको आफ्नो अधिकार कटौती गरेको उल्लेख गर्दै गुप्ताले पत्रमा भनेका छन्- ‘चुनावका नाउँमा सरकारले तराईमा व्यापक सुरक्षाकर्मी परिचालन गरी मानव अधिकारको हनन् गरिरहेको छ।’
सरकारले चुनाव भाँड्ने षड्यन्त्रमा लागेका राजनीतिक दल र समूहविरुद्ध तीनै सुरक्षा निकायको संयुक्त जासुसी सन्जाल बिच्छ्याएर सरकारले घोषित चुनाव सफल बनाउने सुरक्षा रणनीति अघि सार्ने घोषणाले आफ्ना मौलिक अधिकार हनन् भएको गुप्ताले पत्रमा उल्लेख गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवादमा निर्वाचन आयोगको फैसलाविरुद्ध महन्थ ठाकुरले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम

रुपन्देही । लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वलीले आफू नेकपा माओवादी केन्द्रमै रहेको बताउनुभएको छ । एक हप्तादेखि पार्टीसँग

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ । नयाँदिल्लीस्थित एपोलो अस्पतालमा नेता

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन आज बुधबार तेस्रोपटक बसेको सत्तारुढ गठबन्धन कार्यदलको बैठकले राष्ट्रिय योजना आयोगको समेत