कृष्णप्रसादका हत्यारा एमाओवादी कार्यकर्तामाथि कारबाही गर्न रेग्मीले चासो देखाए

१७ श्रावण २०७०, बिहीबार ०६:५० मा प्रकाशित

काठमाडौ, १७ साउन । आफ्ना छोरा कृष्णप्रसाद अधिकारीको हत्या गर्ने एमाओवादीका कार्यकर्ताहरुलाई कारबाहीको माग गरी आमरण अनसनमा बस्दै आएका गोरखा फुँजेलका नन्दप्रसाद अधिकारीको अवस्था नाजुक बन्न पुगेपछि मन्त्रिरिषदका अध्यक्ष खिलराज रेग्मीले यस प्रकरणमा कारबाही अघि बढाउन चासो दर्शाएका छन् । अधिकारी दम्पत्तिलाई पनि सरकारले उपचारार्थ वीर अस्पताल भर्ना गराएको छ । नौ दिनदेखि अनसनमा बसेका अधिकारी दम्पत्तिको स्वास्थ्य नाजुक बन्न पुगेको थियो ।
अधिकारी दम्पत्तिका अर्का छोरा नलप्रसाद अधिकारीलाई बुधबार सिंहदरबारस्थित आफ्नो कार्यालयमा बोलाएर अध्यक्ष रेग्मलिे एक घण्टा वार्तालाप गरी अधिकारी परिवारको व्यवथाकथा बुझेका थिए । सुवोधराज प्याकुरेल, मन्दिरा शर्मालगायतका मानवअधिकारवादी समेत सो अवसरमा उपस्थित थिए । नलप्रसादले आफ्ना बाआमालाई मृत्यु दिने कि न्याय दिने अध्यक्ष रेग्मीकै हातमा रहेको निवेदन गर्दै भाइको हत्याको सारा विवरण र त्यसका अभियुक्तहरुका बारेमा रेग्मीलाई उनले सविस्तार बताएका थिए ।अधिकारीको कुरा सुनेपछि रेग्मीले आफूले तुरुन्त प्रक्रिया अघि बढाउने अभिव्यक्ति दिएका थिए ।
एमाओवादी नेतृ हिसिला यमीकी पीए जानुका पौडेललगायतका एमाओवादी कार्यकर्ताहरु छविलाल पौडेल, पर्शुराम पौडेल, भीमसेन पौडेल, विष्णु तिवारी, कालीप्रसाद अधिकारी, बाबुराम अधिकारी र रामप्रसाद अधिकारीविरुद्ध कृष्णप्रसादको हत्यामा किटानी जाहृेरी दिए पनि प्रहरीले सो उजुरी दर्ता नगरी अन्याय गर्दै आएको पीडित परिवारको कथन छ । उजुरीमाथि कुनै छानबिनै नभएपछि अनसन र धर्नामा बस्दै आएका अधिकारी दम्पतीलाई गत जेठमा सरकारले मानसिक अस्पताल भर्ना गरिदिएको थियो । त्यसको व्यापक आलोचना भएपछि अस्पतालले उनीहरुको मानसिक अवस्था दुरुस्त भएको भन्दै असार ७ गते छाडिदएकिो थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

झापा । झापाको दमकमा ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु भएको छ । गएराती १२ बजे झापाको दमक ४

काठमाडौं । जनता समाजवादी पार्टी जसपाले लुम्बिनी प्रदेशसभाका आफ्ना तीनजना सांसदलाई पदमुक्त गर्ने निर्णय गरेको छ । जसपा केन्द्रीय कार्यकारिणी

काठमाडौं । सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले

भरुवा बन्दुकसहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका वडा सदस्यसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । घरमा अवैधरूपमा हातहतियार (भरुवा