प्रतिगामी तत्वहरु सल्बलाउनुको कुनै अर्थ छैन ः अध्यक्ष खनाल

२९ चैत्र २०६८, बुधबार १४:२१ मा प्रकाशित

काठमाडौ, २९ चैत । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले शान्ति र संबिधान निर्माणको अन्तिम चरणमा  प्रतिगामी तत्वहरु  सल्बलाउन थालेकोले अग्रगमनकारी शक्तिहरु मिल्नु पर्ने आवश्यकता औल्याउनु भएको छ ।
नागरिकस्तरबाट सुझाब  लिन  थालिएको बिषेश टेलिफोन सम्बादको  सातौँ दिन द्वन्द्वप्रभाबित रुकुमबासीसंगको कुराकानीमा अध्यक्ष खनालले जेठ १४ गते नजिकिदै जाँदा   हिजोका प्रतिगामी, पुनरउत्थानबादी तथा घोर दक्षिणपन्थी तत्वहरु सल्बलाउनुको कुनै अर्थ नभएको  बताउनुभयो ।  लामो समयदेखिको संघर्ष र  २०६२÷०६३  को शान्तिपूर्ण जनक्रान्तिका उपलब्धिहरुलाई  संस्थागत  गरेरै छाड्ने उहाँले दृढता ब्यक्त गर्नुभयो । अध्यक्ष खनालले  शान्ति र संबिधान निर्माण प्रक्रियामा अबरोध सिर्जना गर्ने  कुचेष्टालाई  समाप्त पारी सवै परिवर्तनकारी, अग्रगमनका पक्षधर शक्ति तथा दलहरु एक जुट्  भई राष्ट्रिय सहमतीको वाताबरण वनाउनु पर्ने  बताउनुभयो ।
सुझाब लिने क्रममा  आज अध्यक्ष खनालले नेकपा एमाले रुकुमका अध्यक्ष  ठगेन्द्रप्रकाश पुरी, एकिकृत माओबादीका जिल्ला सेक्रेटरी रामशुर बुढा, नेपाली काँग्रेसका  जिल्ला सभापती  मानबहादुर नेपाली, नागरिक समाजका  मीनबहादुर पुन, राष्ट्रिय जनमोर्चाकी आशा बुढा तथा महिला प्रतिनिधी  देबी ओलीसंग टेलिफोन सम्बाद गर्नुभयो ।
करिब ४५ मिनेट चलेको  टेलिफोन सम्बादमा  एमाले रुकुमका अध्यक्ष ठगेन्द्रप्रकाश पुरीले  लामो समयदेखी राजा रजौटा र पन्चहरुले राज गरेको  रुकुमले  लोकतान्त्रिक  गणतन्त्र कालमा पनि न्याय पाउन नसकेको  गुनासो गर्नुभयो । उहाँले  नयाँ संबिधान मार्फत घरदैलोमै  अधिकार  पाउने रुकुमेली जनताको  आशालाई परिपुर्ति गर्नेगरि   नयाँ संबिधान ल्याउन  आग्रह गर्नुभयो । पुरीले  बर्षमा ६ महिना मात्र गाडी देख्ने  रुकुमेली जनतालाई मध्यपहाडी पुष्पलाल लोकमार्ग मार्फत सम्बृिद्धको दिशामा  अगाडी बढाउन सकिने सुझाब दिनुभयो । राज्य पुनसंरचना गर्दा पहिचान र सामथ्र्य दुबैलाई आधार मानेर राष्ट्रियता प्रवद्र्धन हुने गरी सकेसम्म  कम प्रदेश बनाउनुपर्ने  पुरीको धारणा छ ।
यस्तै, एकिकृत नेकपा माआोबादीका  जिल्ला सेक्रेटरी रामशुर बुढाले अब बन्ने संबिधान असमानता र गरिबीको खाडललाई  पुर्न सक्ने गरी आउनुपर्नेमा  जोड दिनुभयो । रुकुम लामो समयदेखि केन्द्रिकृत शासनसक्ताको  उत्पिडन र दमनमा परेको भन्दै बुढाले स्थानिय तहलाई बलियो बनाउनुपर्ने बताउनुभयो ।

नेपाली काँग्रेसका जिल्ला सभापती मानबहादुर नेपालीले  जनआन्दोलनका उपलब्धीहरुलाई  समयमै संस्थागत गर्न नसक्दा प्रतिगामी तत्वहरुले चलखेल गर्न थालेको बताउनुभयो । नेपालीले  जेठ १४ भित्र संबिधान दिन नसके  स्थानीयस्तरमा समेत राजनैतिक दलका  कार्यकर्ताहरुले अनुहार देखाउन  मुस्किल पर्ने  बताउनुभयो ।
नागरिक समाजका मीनबहादुर पुनले   नेपाली पहिचानलाई   ध्यान दिई  मुलुकलाई नयाँ दिशामा अघि बढाउन सुझाब दिनुभयो । उहाँले  नयाँ राष्ट्र निर्माणका लागि सबै दलहरुबीच एकता र सहकार्य जरुरी रहेकोमा जोड दिनुभयो ।
राष्ट्रिय  जनमोर्चाकी  आशा बुढाले  जातीय आधारमा  राज्यको पुनरसंरचना गरिए   अहिलेका नेताहरु नै  जात बिषेशको मात्रै  नेता बन्नसक्ने खतरातर्फ ध्यानाकर्षण गराउनुभयो । जातीय आधारमा राज्यको पुनरसंरचना गरि  कुनै एक जातीको मात्र नेता नबनी  समग्र मुलककै नेता बन्ने बाटो रोज्न उहाँको सुझाब छ ।
महिला प्रतिनिधी  देबी ओलीले    नयाँ संबिधानमा  राज्यको पुनरसंरचना गर्दा प्रशासनिक पुनरसंरचना तर्फ ध्यान दिन  अध्यक्ष खनाललाई सुझाब दिनुभयो । महिला हिंसालाई उन्मुलन गर्नेगरी कानुनी बाटो अबलम्बन गर्नुपर्ने भन्दै देशका ७५ वटै  जिल्लाहरुमा  हिंसापिडीत महिलाहरुका  लागी सेफ हाउस बनाउनेतर्फ पहल गर्न आग्रह गर्नुभयो ।
सुझाब सुनिसकेपछी अध्यक्ष खनालले  लडाकु र हतियारलाई   नेपाली सेना माताहत ल्याउन गरिएको निर्णयले संबिधान निर्माणमा ऐतिहासिक वल पुगेको बताउनुभयो । नयाँ संबिधानमा  सबैको भाबनालाई समेटी जेठ १४ भित्रै पूर्ण संविधान ल्याउने उहाँको भनाई छ ।
अध्यक्ष खनालको यो बिषेश सम्बाद भोली तराईको सिराहका  राजनैतिक दल, नागरिक समाज, बुद्धीजिबी लगायतसंग हुने उहाँका स्वकीय सचिब  रामबाबु अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । दार्चुलाको महाकाली नदीमा व्यास गाउँपालिका–२ का जयसिंह धामी बेपत्ता भएको घटनालाई लिएर युवा संघले काठमाडौंस्थित भारतीय राजदूतावासको कार्यालय

काठमाडौं । सरकारले कोभिड युनिफाइड केन्द्रीय अस्पताल(वीर)को प्रमुख प्रशासकीय अधिकारी प्रा.डा. जागेश्वर गौतमलाई हटाएको छ। स्वास्थ्य मन्त्रालयले सोमबार राज्यमन्त्रीस्तरीय निर्णय

काठमाडौं । मन्त्रिपरिषद् विस्तार र सरकारका न्युनतम साझा कार्यक्रम तय गर्न आज सत्ता गठबन्धनका शीर्ष नेताबीच छलफल हुँदैछ । नेकपा

कैलालीकी रुपकला विक बैंकमा कार्यरत कर्मचारी हुनुहुन्छ । उहाँको चार महिनाको बच्चा छ । सुत्केरी भएको दुई महिना बिदा सकेर