निर्वाचनका लागि तरुण जागरण अभियान

१६ श्रावण २०७०, बुधबार २२:३१ मा प्रकाशित

विजय राई, धनकुटा, १६ साउन । संविधानसभाको दोस्रो निर्वाचनलाई मध्यनजर राख्दै नेपाली काङ्ग्रेस धनकुटाले तरुण जागरण अभियान सञ्चालन गरेको छ । निर्वाचन सफल बनाई संविधानसभाबाट लोकतान्त्रिक संविधान निर्माण गर्ने उद्देश्यले सुरु गरिएको तरुण जागरण अभियानको धनकुटाको भेडेटारमा नेपाली काङ्ग्रेस धनकुटाका सभापति मनोहरनारायण श्रेष्ठले शुभारम्भ गरे ।
नेपाली काङ्ग्रेस क्षेत्र नं. १ धनकुटाका सभापति गोविन्द्र कार्कीको सभापतित्वमा आयोजित तरुण जागरण अभियान शुभारम्भ कार्यक्रममा नेपाली काङ्ग्रेस धनकुटाका सचिव नवीनकिशोर शाक्यले नेपाली काङ्ग्रेसको भूमिका, प्रचार विभाग प्रमुख विजयसन्तोषी राईले संविधानसभाको निर्वाचनमा तरुणको भूमिका, तरुण दलका पूर्वकेन्द्रीय सदस्य कमोठ फागोले वर्तमान राजनीतिक परिस्थिति र जिल्ला उपाध्यक्ष दिनेश राईले तरुण दलको इतिहास र वर्तमान विषयमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा क्षेत्रीय सचिव जितेन्द्र राईले तरुण जागरण अभियानको विषयमा प्रकाश पारेका थिए भने नेपाली काङ्ग्रेस धनकुटाका पूर्व जिल्ला सदस्य महेन्द्र श्रेष्ठ र तरुण दल भेडेटारका सदस्य धीरज मगरले मुलुक गम्भीर सङ्कटमा परेकाले तरुण जागरण अभियान आवश्यक रहेको उल्लेख गरे ।
राष्ट्र निर्माणमा तरुण शक्ति परिचालित गर्दै संविधानसभाको निर्वाचनका लागि नेपाली काङ्ग्रेस धनकुटाले सहरदेखि गाउँ–गाउँसम्म तरुण जागरण अभियान निर्वाचन सम्पन्न नभएसम्मका लागि सञ्चालन गर्ने बताइएको छ ।
यसैबीच, नेपाल ट्रेड युनियन काङ्ग्रेस स्वतन्त्र धनकुटाद्वारा धनकुटामा आयोजित कार्यक्रममा ट्रेड युनियन काङ्ग्रेस स्वतन्त्रका नेता तथा कार्यकर्ताले नेपालमा अहिले दिन प्रतिदिन ट्रेड युनियन आन्दोलन कमजोर भइरहेको बताएका छन् । नेपाल ट्रेड युनियन काङ्ग्रेस स्वतन्त्रतका केन्द्रीय कोषाध्यक्ष ध्रुवचन्द्र गौतमले ट्रेड युनियनकर्मीहरू विभाजित भएकाले ट्रेड युनियन आन्दोलन कमजोर हुँदै गएकाले राष्ट्रको शक्तिको रूपमा रहेको ट्रेड युनियन शक्तिलाई पुनस्र्थापित गर्न आवश्यक रहेको बताए भने केन्द्रीय सदस्यहरू तारा राई, सञ्जय मिश्र, नेपाल शिक्षक सङ्घ धनकुटाका अध्यक्ष गंगाराम ढुङ्गाना, नेपाल प्रेस युनियनका केन्द्रीय उपमहासचिव विजयसन्तोषी राई, शिक्षक युनियन धनकुटाका सचिव हरि दाहालले श्रमको अवमूल्यन भइरहेको भन्दै राज्यले श्रमको सम्मान गर्नुपर्ने माग उठाए ।
नेपाल ट्रेड युनियन काङ्ग्रेस स्वतन्त्र धनकुटाका अध्यक्ष विगेन्द्र याक्खाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष यानिन्द्र तिगेला, नेपाल पत्रकार महासङ्घ धनकुटाका अध्यक्ष मोहन वान्तवालगायतले जिल्लामा ट्रेड युनियन आन्दोलनबारे प्रकाश पारेका थिए ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं- सरकारले दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षाबलका जवानले तुइन काटेको भनिएको घटनाबारे छानबिन गर्न पाँच

नेकपा (एमाले) को आज बसेको स्थायी कमिटी बैठकले आगामी भदौ २७ र २८ गते काठमाडौँमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने

काठमाडौँ । पछिल्ला केही वर्षयता मनसुनजन्यसहित विपद्का घटना बढ्दो छ । एक दशकको तथ्याङ्क हेर्दा विसं २०७२ सम्म विपद्का दुई