प्रेम बिबाह गरेका जोडीद्वारा आत्महत्या

१६ श्रावण २०७०, बुधबार ०८:१९ मा प्रकाशित

काठमाडौं, १६ साउन । चार दिनअघि मात्र प्रेम विवाह गरेका एक जोडीले मंगलबार आत्महत्या गरेका छन् । बुटवल–१३ दुर्गानगरमा बस्दै आएका स्याङ्जाका ३० वर्षीय राजु आले र गुल्मी घर भएका २० वर्षीया लक्ष्मी केसीले एक साथ पाँसो लगाएर आत्महत्या गरेका प्रहरीले जानकारी दिएको छ ।
लामो समयदेखिको प्रेमलाई विवाहमा परिणत गरे पनि घर परिवारबाट परिस्थिति प्रतिकुल तुल्याएपछि उनीहरुले आत्महत्याको बाटो रोजेको बताइएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सोम थापालाई उद्धृत गर्दै समाचारमा जनाइएअनुसार उनीहरूले एउटै रंगको ओढ्ने पंखामा पासो लगाएर मंगलबार दिउँसो आत्महत्या गरेका हुन् । बुटवल–१३ दुर्गानगरमा नातामा दिदी पर्नेको घर बस्दै आएका राजु र लक्ष्मीले त्यहीँ आत्महत्या गरेका हुन् ।
यातायात मजदुरका रूपमा कार्यरत राजु र लक्ष्मीको बुटवल बसाइकै क्रममा प्रेम सम्बन्ध झाँगिएको थियो । विवाहित र सन्तानका बाबुसमेत बनिसकेका राजुले लक्ष्मीलाई दोस्रो श्रीमतीका रूपमा भित्र्याएपछि घर परिवारले त्यसलाई अघि नबढाउन दबाब दिएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । भरतपुर अस्पतालमा कोरोना सङ्क्रमणका बिरामीको चाप बढेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा अस्पतालमा उपचार गर्न

डोटी । कोरोना भाइसको जोखिम कायमै रहेका बेला त्यसको बेवास्ता गर्दै सयौँ सुदूरपश्चिमेली काम खोज्नका लागि दिनहुँ भारत पस्न थालेका

सिन्धुपाल्चोक- मेलम्चीमा शनिबार रातिदेखि आएको बाढीले रेडियो मेलम्चीको भवन ढलेको छ । रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले गए राति

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली