सबै पक्षको सहभागितामा मंसिर ४ मै निर्वाचन हुने कोइरालाको दाबी

१५ श्रावण २०७०, मंगलवार २१:२१ मा प्रकाशित

काठमाडौं,१५ साउन । असन्तुष्ट दलहरु वार्ताबाट समेत टाढिँदै गएका र मंसिर ४ को निर्वाचन अन्योलको दिशातिर उन्मुख भएको अनुभूति गरिन थालिएको परिवेशमा नेपाली कांग्रेसका सभापति सभापति सुशील कोइरालाले असन्तुष्ट दलहरुलाई निर्वाचनमा भाग लिने वातावरण निर्माणका लागि अधिकतम् प्रयास भइरहेको बताएका छन । सभापति कोइरालाले सबै पक्षलाई समेटेर मंसिर–४ गते नै निर्वाचन हुनेमा निश्चिन्त रहन आग्रह गरे । 
गृहजिल्ला बाँकेको नेपालगञ्जमा मंगलबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै कोइरालाले सबै राजनीतिक दल निर्वाचनमा सहभागी भएमात्रै सार्थक निर्वाचन हुने उल्लेख गरे ।
यसैबीच कांग्रेसका वरिष्ठ नेता शेरवहादुर देउवाले लोकतान्त्रिक संविधान बनाउने उदेश्यसहित चुनावको तयारी तीव्र बनाउन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । पार्टी कार्यालय सानेपामा मंगलबार सम्पन्न केन्द्रीय नीति तथा प्रशिक्षण कार्यक्रमको समापनमा नेता देउवाले पहिला जस्तो डर, त्रास र धम्कीको भरमा चुनाव जित्न चाहनेहरुलाई निस्तेज गर्नुपर्ने सुझाव दिए । जनताको मन जित्ने गरी अब कांग्रेस चुनावमा जाने पनि देउवाले दाबी गरे । सोही अवसरमा कांग्रेस उपसभापति रामचन्द्र पौडेलले नेकपा–माओवादी चुनावमा नआए पनि निर्वाचन हुने जिकीर गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

झापा । झापाको दमकमा ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु भएको छ । गएराती १२ बजे झापाको दमक ४

काठमाडौं । जनता समाजवादी पार्टी जसपाले लुम्बिनी प्रदेशसभाका आफ्ना तीनजना सांसदलाई पदमुक्त गर्ने निर्णय गरेको छ । जसपा केन्द्रीय कार्यकारिणी

काठमाडौं । सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले

भरुवा बन्दुकसहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका वडा सदस्यसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । घरमा अवैधरूपमा हातहतियार (भरुवा