पत्रकार पौडेलको छतबाट खसालेर हत्या गरिएको खुलासा

२९ चैत्र २०६८, बुधबार ११:३८ मा प्रकाशित

काठमाडौ, २९ चैत । झापाका पत्रकार यादव पौडेलको छतबाट खसालेर हत्या गरिएको प्रहरीले बताएको छ । प्रहरीले अनुसन्धान विवरण आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । घटनामा युवराज गिरी, पूर्वान्चलन सेकुवा कर्नरका सन्चालक सोम ढकाल र उनकी पत्नी मञ्जु ढकालको संलग्न रहेको पनि प्रहरीले पुष्टि गरेको छ । गिरी होटल व्यवसायी सङ्घका पूर्व अध्यक्ष हुन् । प्रहरीले तीनै जना अभियुक्तलाई पनि आज सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा अभियुक्त मन्जु ढकालले आफ्नै उपस्थितिमा गिरीले पौडेललाई छतबाट खसालेको बयान दिएकी छन् । होटलको तीन तलामाथिको छतबाट खसाल्दा पौडेलको यही चैत २१ गते राति मृत्यु भएको हो । हत्या नियोजित हो होइन भन्ने विषयमा पनि अझै अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनाअघि गिरी र पौडेलबीच भनाभनसमेत भएको प्रहरीले अनुसन्धानमा उल्लेख गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले साउन १६ गते शनिबार संसदीय दलको नेताको चुनाव गर्ने भएको छ । विहीबार

काठमाडौँ । बझाङकी हेवन उपाध्याय ‘खामोशी विथ लाइफ’को अन्तर्राष्ट्रिय विजेता बनेकी छिन् । बहिरा व्यक्तिहरूको सीप, क्षमता र कौशलता प्रदर्शन

चितवन- नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनिएको सिन्ती झरना आन्तरिक पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ । चितवनको कालिका नगरपालिका-९ मा रहेको

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।