लन्डनमा नेपाली सुपरमार्केट

१५ श्रावण २०७०, मंगलवार ०५:४६ मा प्रकाशित

धर्मराज अधिकारी, लन्डन । बेलायतको राजधानी लन्डनमा नेपालीहरुले सुपरमार्केट सुरु गरेका छन्। बेलायतमा बसोबश गर्दै आएका पोखराका लक्ष बहादुर गुरुङको संयोजकत्वमा सुरु गरिएको सुपरमार्केटमा अरु तीन नेपाली पनि साझेदार रहेका छन् । लन्डनको साउथ ह्यारोमा नेपाली समुदायको एभरेस्ट सुपरमार्केट सञ्चालनमा आएको हो । एभरेस्ट सुपरमार्केटले नेपाली समुदायलाई लक्षित गरि सुपरमार्केट सञ्चालनमा ल्याएको हो । करिब १० नेपालीले रोजगारीसमेत पाएको एभरेस्ट सुपरमार्केटका संचालकहरुले दिएको जानकरी अनुसार बेलायतमा बस्ने नेपालीको सकारत्मक सहयोग र सुभेच्छा प्राप्त गर्न सफल रहेको छ । संचालकहरुका अनुसार नेपालमा पाइने अधिकांश खाद्य सामग्री एभरेस्ट सुपरमार्केटमा उपलब्ध रहेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सम्झौता अवधि सकिएको झण्डै नौ महिनापछि कन्सेप्ट डेभलोपमेन्ट प्रालिले काठमाडौँ प्लाजामा रहेका अधिकांश पसल हटाएको छ । गत

ताप्लेजुङको स्थानीय तहमा हुने विकास निर्माणका काममा महिलाको सहभागिता बढदै गएको छ । प्रायःजसो घरको काममा मात्रै सीमित रहने यस

कैलाली । भारतको उत्तर प्रदेशसँग सीमा जोडिएको कैलालीको गौरीफन्टा सीमा नाकामा भोलिसम्मका लागि आवागमन बन्द गरिएको छ । उत्तर प्रदेशका

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार