समायोजनको विरोधमा वैद्य पक्षद्धारा विरोध प्रदर्शन र एक घण्टा चक्काजाम

२९ चैत्र २०६८, बुधबार ११:३७ मा प्रकाशित

काठमाडौ, २९ चैत । शिविरमा रहेका लडाकु नेपाली सेनाको जिम्मा लगाउने निर्णयको विरोध गर्दै एकीकृत नेकपा माओवादीको मोहन वैद्य पक्षले विभिन्न ठाउँमा प्रदर्शन र चक्कजाम गरेको छ । बिहान १० बजेदेखि ११ बजेसम्म गरिएको चक्काजामबाट राजधानीका मुख्य मुख्य क्षेत्रमा यातायात आवागमन प्रभावित भएको थियो । यसैगरी राजधानी बाहिर विभिन्न जिल्लामा पनि चक्काजाम गरिएको छ । यसैगरी सरकारले गरेको निर्णयप्रति असहमति जनाउँदै आजै साँझ मसाल जुलुस निकालिने वैद्य पक्षले जनाएको छ । उनीहरूले प्रधानमन्त्री डा. बाबुराम भट्टराई र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पुतला जलाउने कार्यक्रमसमेत तय गरेका छन् । लडाकु र हतियार सेनाको जिम्मामा लगाउने निर्णयलाई वैद्य पक्षले आत्मसमर्पण र नेपाली क्रान्तिप्रति विश्वासघात भएको टिप्पणी गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय कार्यकारिणी समितिको बैठकबारे थाहा नभएको बताएका छन् । ठाकुर-महतो पक्षले वरिष्ठ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय महाधिवेशन स्थगन गरेको छ । यही जेठ २२ देखि २५ गतेसम्म काठमाडौंँमा

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले