अब वार्तामा प्रवेश गर्नु चुनाव बिथोल्नु हो : डा. महत

१४ श्रावण २०७०, सोमबार १५:३४ मा प्रकाशित

रासस, नुवाकोट, १४ साउन । कांग्रेसका केन्द्रीय सदस्य रामशरण महतले अब चार दलभित्रमा नै निर्वाचन हुने नहुने प्रश्न गर्न थालिए तोकिएको समयमा निर्वाचन नहुने बताएका छन् । सदरमुकाम विदुरमा सोमबार नेपाल प्रेस युनियनले गरेको पत्रकार भेटघाटमा नेता डा. महतले चार दलले बिना कुनै भ्रम संविधानको अल्पविराम र पूर्णविराम चिहृन पनि परिवर्तन नगरी पूर्णतया निर्वाचनमा समर्पित भएमा मात्र निर्वाचन तोकिएको समयमा हुने विश्वास व्यक्त गरे ।
नेकपा(माओवादीलगायत निर्वाचन को बहिष्कार गर्ने भन्ने दलसँग औपचारिक वार्ताको समय सकिएकाले  निर्वाचन का लागि कुनै पनि दलसँग वार्ता गर्न भनेर समय खेर फाल्न नहुने उनले बताए ।  ुूअब वार्तामा प्रवेश गर्नु भनेको निर्वाचनमाथि थप आशङ्का सिर्जना गर्नु हो, निर्वाचनलाई पर सार्नु होू, महतले भने ।
डा.  महतले क्षेत्र निर्धारणमा संविधानअनुसार ३५ स्थान मात्र हेरफेर गर्न पाउने भएकाले अब संविधान परिवर्तन गरेर क्षेत्र निर्धारण गर्नुभन्दा यथास्थितिमा नै निर्वाचन गर्नुपर्ने सुझाव दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गरेका छन् । अखिल नेपाल

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप भएको छ । यसअघि जारी गरिएको निषेधाज्ञाको आदेशको अवधि आइतबार सकिएपछि काठमाडौं,

काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षका सांसद नारदमुनि रानाले संसद पुनःस्थापना र अहिलेको सरकार सर्वोच्च अदालतले बनाइदिएको भनेपछि संसदको अन्तर्राष्ट्रिय

काठमाडौं । सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका