व्यापारीले राजनीतिक दललाई चन्दा नदिने

१४ श्रावण २०७०, सोमबार १०:५६ मा प्रकाशित

काठमाडौ, १४ साउन । उद्योगी व्यवसायीहरुले आगामी निर्वाचनका लागि कुनै राजनीतिक दल, दलका नेता तथा कार्यकर्ता, संघसंस्था र कुनै समूह वा व्यक्तिविशेषलाई चन्दा नदिने औपचारिक घोषणा गरेका छन् । राष्ट्रिय व्यावसायिक पहल (एनबीआई)को पहलमा निजी क्षेत्रका तर्फबाट अलग्गै व्यावसायिक आचारसंहिता घोषणा गर्दै उद्योग वाणिज्य महासंघसहित ६५ संघसंस्थाले चन्दा नदिने प्रतिबद्धता जनाएका हुन् । 
आचारसंहिता घोषणा गर्दै उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत रहेका एनबीआईका अध्यक्ष पदम ज्योतिले पछि लाभ प्राप्त गर्ने उद्देश्यले कुनै राजनीतिक व्यक्ति वा दलका लागि प्रत्यक्ष वा अप्रत्यक्ष रूपले समेत कुनै किसिमको चन्दा, उपहार वा सेवासुविधा नदिइने बताए । निजी क्षेत्रका संघसंस्थासँगको छलफल र सहमतिमा ६ बुँदे आचारसंहिता घोषणा गरिएको पनि उनले जानकारी दिए । उक्त आचारसंहितामा सम्पूर्ण निजी क्षेत्रको समर्थन रहेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

इजराइल र प्यलोस्टाइनको हमास समुहबिचको पछिल्लो भिडन्तमा ज्यान गुमाउनेको संख्या १ सय २६ पुगेको छ । गत सोमवार पश्चिम किनारामा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।