तिब्बती शरणार्थीमाथि निगरानी राख्न सडकमा सीसी क्यामेरा

१४ श्रावण २०७०, सोमबार ०८:४८ मा प्रकाशित

काठमाडौं, १४ साउन । महानगरीय आयुक्त कार्यालयले चावहिलदेखि बौद्ध जोरपाटी क्षेत्रमा १९ वटा सीसी क्यामेरा जडान गर्दैछ । एआइजी नवराज ढकालको उपस्थितिमा आज सोमबारकै दिन उल्लेखित संख्यामा सडकमा सीसी क्यामेरा जडान हुनेछ । यी पंक्ति पढ्दै गर्दा लाग्न सक्छ– ‘राजधानीका सडकमा ट्राफिक नियम उल्लंघन गरी जथाभावी सवारी चलाउनेहरुमाथि प्रहरीले राम्रै निगरानी राख्ने भएछ । अब सडक दुर्घटनामा कमी आउने भयो ।’ तर, यथार्थ भने यस्तो होइन ।
विडम्बना ! यदि यस्तो सोच बनाउनुभएको हो भने तपाईं पूरै भ्रममा हुनुहुन्छ । नियम मिचेर मनपरी सवारीसाधन हाँकी आफ्नो र अरुको समेत जीवन जोखिममा पार्नेहरुमाथि नजर पु¥याउन यी सीसी क्यामेरा जडान हुन लागेका होइनन् । यो त निर्वाचन प्रयोजनबाट गठित खिलराज रेग्मी नेतृत्वको सरकारले काठमाडौंमा रहेका तिब्बती शरणार्थीमाथि निगरानी राख्नका लागि गर्न लागेको विशेष व्यवस्था हो । यसैगरी, महानगरीय प्रहरी आयुक्त कार्यालयले बौद्धस्थित स्तुपा परिसरभित्रका सबै गतिविधिलाई निगरानी गर्न प्रहरी वृत्त बौद्धमा १६ वटा अलग्गै सीसी क्यामेरा जडान गरी ‘समायोजित सुरक्षा प्रणाली’ लागू गर्ने तयारी गरेको बुझिएको छ । सीसी क्यामेरा जडानपछि त्यस क्षत्रका सबै गतिविधि प्रहरीले कोठाभित्र बसेर नियाल्नेछ । स्मरण रहोस्, चाबहिल तया बौद्ध जोरपाटी क्षेत्रमा बौद्धमार्गी तथा तिब्बती शरणार्थीको बढी आवतजावत हुने गर्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले परोपकारी गतिविधि सञ्चालन गर्न ‘एनआरएनए फाउन्डेसन’ स्थापना गरेको छ । फाउन्डेसनको प्रस्तावित अध्यक्षमा संघका पूर्वअध्यक्ष एवं

काठमाडौँ । सरकारले विभिन्न पाँच देशमा वैदेशिक अध्ययन स्वीकृति पत्र (नो अब्जेक्सन लेटर) दिन रोक लगाएको छ । मुलुकमा कोभिड-१९

काठमाडौँ । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । उनीहरुबीच

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा देशभर २३५१ जनामा कोारेना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार