महानिर्देशनालयको संरचना र छनौट समिति गठन गर्न सेना समायाजन विशेष समितिको बैठक बस्दै

२९ चैत्र २०६८, बुधबार ०८:४९ मा प्रकाशित

काठमाडौ, २९ चैत । लडाकु रेखदेख, समायोजन र पुनःस्थापना विशेष समितिको बैठक आज पनि बस्दै छ । दिउँसो ४ बजेपछि नयाँ वानेश्वरमा रहेको सचिवालयमा बस्ने बैठकमा सेना समायोजनबारे बाँकी रहेको विवाद समाधानबारे थप छलफल हुने भएको छ । समायोजनमा जाने लडाकुहरूको दर्जा निर्धारण, छनौट समिति गठन र महानिर्देशनायको गठनको मापदण्डबारे आजको बैठकमा छलफल हुने छ । आजको बैठकमा ठोस सहमतिका लागि प्रयास गरिने नेताहरूले बताएका छन् । समायोजनबारे अन्तिम सहमति भएपछि शान्ति प्रक्रिया टुङ्गिने र संविधान लेखनको बाटो पूर्णरूपमा खुल्ने नेताहरूले बताएका छन् । शिविरमा रहेका असन्तुष्ट पक्षले विद्रोह गर्नसक्ने सम्भावना देखेपछि विशेष समितिको हिजो बसेको बैठकले चारबुँदे निर्णय गर्दै शिविर सुरक्षाको जिम्मा नेपाली सेनालाई सुम्पने सहमति गरेको थियो । विशेष समितिको निर्णयअनुसार विभिन्न १५ शिविरमा नेपाली सेना पुगिसकेको छ ।
यसैबीच शिविरमा रहेका लडाकुहरूको पुनर्वर्गीकरणको प्रक्रिया आजदेखि सुचारु हुने भएको छ । शिविरमा नेपाली सेनाले कमान्ड संहालेपछि सहज रूपमा पुनर्वर्गीकरणको काम अघि बढ्ने भएको हो । स्वेच्छिक अवकाश रोज्ने लडाकुलाई पहिलो किस्तावापतको रकम दिएर बिदाई गरिने तयारी भइसकेको छ । पुनर्वर्गीकरणका लागि विशेष समिति अन्तर्गतको सचिवालयका टोलीहरू गएको शनिबार नै शिविरहरूमा पुगिसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय कार्यकारिणी समितिको बैठकबारे थाहा नभएको बताएका छन् । ठाकुर-महतो पक्षले वरिष्ठ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय महाधिवेशन स्थगन गरेको छ । यही जेठ २२ देखि २५ गतेसम्म काठमाडौंँमा

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले