यार्सागुम्बा लुटियो

१४ श्रावण २०७०, सोमबार ०८:४४ मा प्रकाशित

काठमाडौं, १४ साउन । स्वयम्भुका सोनाम तेन्जिङ र बिनोद तेन्जिङको साथमा रहेको १ के.जी. यार्सागुम्बा लुटिएको छ । यार्सागुम्बा रहेको झोला बोकी ती दुबै पैदल हिँडिरहेका थिए । लैनचौर ढल्कुचोकमा अल्फाबेट नखुलेको १६७४ नंबरको रातो पल्सर मोटरसाइकलमा आएका दुई व्यक्ति यार्सागुम्बा राखिएको व्याग लुटेर फरार भएका हुन् । १ केजी यार्सागुम्बा यतिबेला करिव २५ लाखमा किनबेच हुनेगरेको छ । फरार अभियुक्तहरुको प्रहरीले खोजतलास गरिरहेको बताइएको छ । 
यसैबीच, काठमाडौं महानगरपालिका­७ सिफलस्थित लोकेन्द्र आचार्यको घर भाडामा लिई झापा चारपाने–५ बस्ने गजेन्द्र सुब्बाले अवैध रुपमा जुवातास खेलाइरहेको अवस्थामा महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले गजेन्द्र सुब्बासहित १९ जना पुरुष र २ जना महिला गरी जम्मा २१ जनालाई ३१ थान कौडा, ३ बुक तास र नगद रु १ लाख १८ हजार रुपैया सहित पक्राउ गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ३ हजार ११४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले कांग्रेस र कम्युनिस्टबीच वैचारिक, चरित्रगत तथा नीतिगत कार्यशैलीमा भिन्नता नरहेको बताएका

काठमाडौं । नेपाली कांग्रेसका तल्ला तहका सबै अधिवेशनहरु स्थगित भएका छन् । आज बसेको पदाधिकारी बैठकले साउन १२ गते हुने

सिद्धार्थनगर । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परीक्षण उडानको अन्तिम तयारीमा पुगेको छ । विमानस्थलको प्राविधिकतर्फको काम सकिएपछि अब परीक्षण उडानको