लडाकु र हतियार सेनाको जिम्मा दिने निर्णयको विरोधमा वैद्य पक्षले चक्का जाम र मसाल जुलुस गर्दै

२९ चैत्र २०६८, बुधबार ०८:४८ मा प्रकाशित

काठमाडौ, २९ चैत । एकीकृत नेकपा माओवादीको मोहन वैद्य पक्षले शिविरमा रहेका लडाकु र हतियार नेपाली सेनालाई  जिम्मा लगाउने निर्णय विरोधमा देशव्यापी रूपमा एक घन्टा चक्का जाम गर्ने भएको छ । वैद्य पक्षले बिहान १० देखि ११ बजेसम्म हुने चक्काजाम आह्वान गर्ने भएको छ । यसैगरी सरकारले गरेको निर्णयप्रति असहमति जनाउँदै आजै साँझ मसाल जुलुस गर्ने कार्यक्रम पनि वैद्य पक्षले जनाएको छ । प्रधानमन्त्री डा. बाबुराम भट्टराई र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पुतला जलाउने कार्यक्रमसमेत तय गरेको छ । लडाकु र हतियार सेनाको जिम्मामा लगाउने निर्णयलाई वैद्य पक्षले आत्मसमर्पण र नेपाली क्रान्तिप्रति विश्वासघात भएको टिप्पणी गरेको छ । हिजै वरिष्ठ उपाध्यक्ष वैद्य र महासचिव रामबहादुर थापाले संयुक्त रूपमा विज्ञप्ति जारी गरी देशभक्त, गणतन्त्रवादी, स्वाभिमानी, अग्रगामी परिवर्तन चाहने सम्पूर्ण जनतालाई आत्मसमर्पणवादी निर्णयको विरोधमा उत्रन आह्वान गर्नुभएको छ । वैद्य पक्षले आन्दोलनका थप कार्यक्रम क्रमशः तयारी गर्दै लगिने पनि जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गत २४ घण्टामा नेपालमा ८२०३ जना कोरोना भाइरस संक्रमित भएका छन् । २०९७९ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा

तल्लो डोल्पा । तल्लो डोल्पाअन्तर्गत पर्ने मुड्केचुला गाउँपालिकाले एकै पटक तीनवटा मोवाइल टावर सञ्चालनमा ल्याएको छ । लामो समयदेखि सञ्चार

काठमाडौँ । जनता समाजवादी पार्टीले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच समझदारी भएपछि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ पुनः लिनु नपर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल