भारत नेपालप्रति सहिष्णु : एमाले नेता नेपाल

१३ श्रावण २०७०, आईतवार २०:५९ मा प्रकाशित

काठमाडौं, १३ साउन । भारतीय प्रधानमन्त्री मनमोहन सिंहको निमन्त्रणामा गत बुधबार भारत भ्रमणमा गएका नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल भारतको पाँचदिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्कीएका छन् । आफ्नो भ्रमणबाट नेपाल र भारत दुई छिमेकी मित्रराष्ट्रबीच सम्बन्धमा प्रगाढता ल्याउन थप बल पुगेको नेता नेपालले प्रतिक्रिया दिए । विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले भने- ‘मेरो भारत भ्रमण सद्भाव अभिवृद्धिका लागि थियो, त्यो भयो ।’ 
भारतीय प्रधानमन्त्रीसँगको भेटमा आफूले दोलालघाटदेखि धनकुटासम्मको मध्यपहाडी राजमार्ग निर्माण, टनकपुरदेखि वनवासासम्मको बाटो निर्माण, नेपालको पर्यटन प्रवर्द्धनका लागि बुद्धिस्ट सर्किट निर्माण र हुलाकी मार्गको निर्माणमा तीब्रता दिन सहयोगको आग्रह गरेको र सिंहले आफ्नो प्रस्तावलाई सकारात्मक रुपले लिएको नेपालले बताए। नेपालको सङ्क्रमणकाल छिटो टुङ्गोमा पुगोस् भन्ने भारतको चाहना रहेको आफूले बुझेको पनि उनले जानकारी दिए ।
नयाँदिल्ली यात्राका क्रममा वरिष्ठ नेता नेपालले भारतीय प्रधानमन्त्री डा. सिंहका अलावा काँग्रेस आइका अध्यक्ष सोनिया गान्धी, विपक्षी दलका नेता लालकृष्ण आडवाणी, विदेशमन्त्री सलमान खुर्सिद, शरद यादव, डिपी त्रिपाठी, विहारका मुख्यमन्त्री नीतिशकुमारलगायतका नेताहरूसँग भेट गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त एक सदस्यको निर्वाचन यही जेठ ६ गते निर्वाचन हुँदैछ । माओवादी केन्द्रले आफ्नो

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी जुनको अन्तिमसम्ममा संसारका विभिन्न मुलुकलाई कोरोना विरूद्धको ८ करोड डोज खोप दिने घोषणा

नयाँदिल्ली । भारतमा कोभिड महामारीको सङ्कट झेलिरहेका पश्चिमी राज्यहरूमा शक्तिशाली समुद्री तुफानको प्रकोपका कारण कम्तीमा २० जनाको ज्यान गएको र

दाङ । दाङको बबई गाउँपालिकाको ट्वाङखोला घाटमा सोमबार दिउँसो स्थानीय पत्रकार लक्ष्मण बस्नेतका बुबा टोपबहादुरको दाहसंस्कार हुँदै थियो । उपचारको