प्रधानसेनापति स्वदेश फिर्ता

१३ श्रावण २०७०, आईतवार १७:३८ मा प्रकाशित

काठमाडौं, १३ साउन । चिनियाँ जनमुक्ति सेनाका प्रमुख जनरल फेङ्गुईको निम्तोमा गत ७ गते चीन प्रस्थान गर्नुभएका प्रधानसेनापति गौरवशमशेर जबरा सातदिवसीय भ्रमण पूरा गरी आइतबार स्वदेश फर्किनुभभएको छ । बलाध्यक्ष रथी नेत्रबहादुर थापाले विमानस्थलमा प्रधानसेनापति राणाको स्वागत गर्नुभएको थियो । उक्त अवसरमा नेपालका लागि चिनियाँ राजदुत वु चुन्ताई, उहाँकी पत्नी पनि उपस्थित हुनुहुन्थ्यो । 
चीन भ्रमणको दौरान प्रधानसेनापतिसँग चीनका उच्चपदस्थ विभिन्न सैनिक अधिकारीहरुसँग भेटघाट भएको बताइएको छ । भेटवार्ताका क्रममा जनरल फेङले नेपाल र चीनबीच मञ्जुश्री, सङ्सेन गम्पो, भृकृटी र अरनिकोकालदेखिको ऐतिहासिक सम्बन्धबारे उल्लेख गर्दै आउँदा दिनमा नेपाल र चीन बीचको द्धिपक्षिय सहयोग, मित्रता र आपसी सम्बन्ध अझ प्रगाढ रहने विश्वास व्यक्त गरेका सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । प्रधानसेनापति राणाले चिनियााँ जनमुक्ति सेनाका प्रमुखसँगको भेटघाटमा आपसी पारस्परिक सम्बन्ध, क्षेत्रिय बस्तुस्थिति र नेपाल चीनबीच रहँदै आएको द्धिपक्षिय गहिरो मित्रता एवं सम्बन्धका विषयमा धारणा राख्नुभएको थियो । प्रधानसेनापति राणाले हालै चीनको गान्सु प्रान्तमा गएको भुकम्पबाट हुन गएको जनधनको क्षतिबारे दुख व्यक्त गर्दै भ्रमणको दौरान चीनले गरेको आतिथ्य र सहयोगप्रति सरहाना व्यक्त गर्नुभएको बताइएको छ ।
साथै प्रधानसेनापति राणाले उक्त भ्रमणका दौरान नेपाली सेनालाई चिनियाँ जनमुक्ति सेनाको तर्फबाट दुईवटा मोवाईल अस्पतालको सहयोगसम्बन्धी प्रोटोकलमा हस्ताक्षर भएको थियो भने प्रधानसेनापतिको भ्रमणबाट दुई देशबीच सदियौं पुरानो मैत्रीपुर्ण सम्बन्धलाई अझ मजबुत र प्रगाढ बनाउन सहायकसिद्ध भएको र चिनियाँ जनमुक्ति सेना र नेपाली सेनाबीचको सद्भाव, सम्बन्ध र सहयोगको क्षेत्रमा नयाँ आयाम थपिएको विश्वास गरिएको नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

पोखरा । गण्डकी प्रदेशसभाका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले गण्डकी प्रदेशमा गरिएको मुख्यमन्त्रीको नियुक्ति

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सरकार बनाउन दिएको तीन दिनको म्याद बिहीबार सकिँदै छ। बिहीबार साँझ ९ बजेसम्ममा विपक्षी

काठमाडौं । काठमाडौँ प्रशासनले कोभिड–१९ सङ्क्रमण तीव्र्र फैलिरहेको अवस्थामा सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको छ ।