चौथो डिभिजनको हतियार सेनाले बुझ्यो, तर सहायक शिविर हात्तीखोरमा तनाव

२९ चैत्र २०६८, बुधबार ०८:४७ मा प्रकाशित

नवलपरासी, २९ चैत । नवलपरासीमा रहेका चौथो डिभिजन शिविरको हतियार नेपाली सेनाले जिम्मा लिएको छ । गएराति चौथो डिभिजन मुख्यालय झ्याल्टुङडाँडा र सहायक शिविर हात्तीखोरमा रहेका हतियार र शिविरको जिम्मा नेपाली सेनाले लिएको नवलपरासी प्रहरीले जानकारी दिएको छ ।  सहायक शिविर हात्तीखोरमा केही समय तनाव भएपनि राति अबेर सहमतिमा आएको थियो । यसअघि गएराति नवलरासीको हात्तीखोरमा रहेको माओवादी लडाकु चौथो डिभिजन सहायक शिविर परिवर्तन स्मृतिमा व्रिगेडमा लडाकुहरुले शिविरभित्र आगजनी तथा तोडफोड गरेका थिए । चौथो डिभिजन कमाण्डर तेजबहादुर ओली प्रतीक र सहायक शिविर नरेन्द्र पाण्डे जेम्सले आर्थिक अनियमितता गरेको भन्दै असन्तुष्ट लडाकुहरुले तोडफोड तथा आगजनी गरेको परिवर्तन स्मृति व्रिगेडका सहायक कमाण्डर डम्मरबहादुर ठकुरी सुदिपले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेको बरिष्ठ नेता माधव नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ । माओवादी अध्यक्ष प्रचण्डले स्थायी कमिटी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ८ सय ९९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २० जनाको

काठमाडौँ । नेपाली कांग्रेसले देशभरका आठ लाख ५२ हजार ७११ जनालाई क्रियाशील सदस्यता प्रदान गरेको छ । कांग्रेसको क्रियाशील सदस्यता

काठमाडौं । चौधौं महाधिवेशनको निकट आइपुगेको दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बिहान बस्न लागेको छ। आज बिहान ९ बजे