अख्तियारको निशानामा विशालबजार

१२ श्रावण २०७०, शनिबार २१:०२ मा प्रकाशित

काठमाडौं, १२ साउन । अख्तियार अनुसन्धान आयोगले विशाल बजार कम्पनी लिमिटेडका कागजात नियन्त्रणमा लिएर अनुशन्धान सुरु गरेको छ । लिमिटेडको कार्यालयमा छापा हानि आयोगले आर्थिक कारोबारका महत्वपुर्ण कागजातहरु आफ्नो नियन्त्रणमा लिएको हो । बिशाल बजार भवन भएको ८ रोपनी ४ आना जग्गावापत हुन आउने रकमको शेयर नेपाल सरकारका नाममा ६ महिनाभित्र कायम गर्न सर्वोच्च अदालतले ३ वर्षअघि दिएको आदेश कार्यान्वयन नभएको र पसल भाडामा दिँदा अनियमितता गरिएको आशंका अख्तियारले गरेको छ । 
पसल कवलहरु भाडामा लगाउँदा पारदर्शी एवं प्रचलित कानूनको पालना नभएको भन्दै सर्वोच्चतको २०६७ वैशाख २४ गते भवन भएको ८ रोपनी ४ आना जग्गा बापत हुन आउने रकमको शेयर नेपाल सरकारका नाममा ६ महिनाभित्र कायम गर्न फैसला भएपनि लिमिटेडले सो फैसलाको कार्यान्वयव गरेको छैन । नियन्त्रणमा लिइएको कागजपत्रबाट अनुसन्धान भईरहेको र सत्यतथ्य बाहिर ल्याईने अख्तियारका सह न्यायाधिवक्ता एवं प्रवक्ता श्रीधर सापकोटाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विशाल बजार कम्पनी लिमिटेड सरकारी स्वामित्व रहेको विभिन्न संस्थाहरुको ३४ प्रतिशत शेयर रहेको संस्था भएकोले उसको काम कारबाहीमा सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ लागु हुने अख्तियारले जनाएकोे छ । विशाल बजारमा ३ सय ४६ बटा पसल कवल छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा बैठक आह्वान गर्नुभएको छ । साउन २७ गते १: ०० बजे प्रदेश प्रमुखबाट प्रदेशसभाको

कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन तीन हजार ९३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

हुम्ला । मुगु र हुम्ला जिल्ला जोड्ने लिंक रोड निर्माण गरे पनि कर्णाली नदीमा पुल निर्माणमा ढिलाइ भएको छ ।

काठमाडौं । तीन साता बितिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैन । मन्त्रालयको टुंगो लाग्नु त परैजाओस्