मोहन वैद्यका कार्यकर्ता स्याल हुन् : प्रचण्ड

१२ श्रावण २०७०, शनिबार २०:२१ मा प्रकाशित

काठमाडौं, १२ साउन । साता दिनअघि एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा एमाओवादी अध्यक्ष प्रचण्डले वाईसीएल कार्यकर्ताहरुलाई बुद्ध बन्न आग्रह गरेका थिए । वाईसीएलका अराजक कार्यकर्तालाई बुद्ध बन्ने उपदेश दिएर प्रचण्डले थोरबहुत प्रशंसा हासिल गरेका थिए । तर, उनै प्रचण्डले शनिबार काभ्रेमा भाषण गर्दै वाईंसीएलका कार्यकर्तालाई सिंह बन्न निर्देशन दिएका छन् ।
प्रसंग शनिबार बनेपामा आयोजित वाईसीएलको तेस्रो जिल्ला अधिवेशनको हो, प्रमुख अतिथिका रुपमा अधिवेशनलाई सम्बोधन गर्न पुगेका प्रचण्डले वैद्य माओवादीका कार्यकर्ताले चुनाव भाँड्न लागेको जिकीर गर्दै भने- ‘ती सब चुनाव भाँड्न गाउँ पसेका स्याल हुन्, स्यालहरुलाई वाईसीएलले सिंह बनेर लखेट्नु पर्छ ।’
यसरी नेकपा-माओवादीका कार्यकर्तालाई स्यालको संज्ञा दिएका प्रचण्डले आगामी दिनमा एमाओवादी सिंह भएर प्रस्तुत हुने दाबी गर्दै बैद्य पक्ष माओवादीले संविधानसभाको मतपेटिका फुटाएर शहिदको सपनामा बञ्चरो हानेको आरोप लगाए । मोहन वैद्यले पूर्वराजासँग घाँटी जोडेको भन्दै उनले वैद्यको बदख्वाइँ गर्न समेत बाँकी राखेनन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

झापा । झापाको दमकमा ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु भएको छ । गएराती १२ बजे झापाको दमक ४

काठमाडौं । जनता समाजवादी पार्टी जसपाले लुम्बिनी प्रदेशसभाका आफ्ना तीनजना सांसदलाई पदमुक्त गर्ने निर्णय गरेको छ । जसपा केन्द्रीय कार्यकारिणी

काठमाडौं । सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले

भरुवा बन्दुकसहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका वडा सदस्यसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । घरमा अवैधरूपमा हातहतियार (भरुवा