बेल्जियममा बसोबास गर्ने एसियालीहरुको महासंघको स्थापना

१२ श्रावण २०७०, शनिबार ०१:१९ मा प्रकाशित

बेल्जियम । यही जुलाई २० तारिखका दिन बेल्जियमको अन्त्वेर्पन सहरमा बेल्जियममा बसोबास गर्ने एसियालिहरुको साझा संगठन Belgium Asia Forum ( BAF ) को गठन भएको छ । सो संस्थाको उदघाटन प्रमुख अतिथिद्वय यास्मिन केरबाच (बेल्जियमको प्रधानमन्त्रीका क्याबिनेट सेफ तथा अन्त्वेर्पेनका सोसलिस्ट पार्टी Sp.a अध्यक्ष) र नहिमा लंजरी (CD& V पार्टीका पार्लियामेन्ट मेम्बेर) ले गर्नु भएको थियो ।

यस कदमलाई उहाँहरुले सकारात्मक रुपमा लिनु भई सो संस्थालाई भविश्यमा आ-आफ्नो स्थानबाट सक्दो सहयोग गर्ने बताउनु भयो । यस महासंघ स्थापना गर्न सक्रिय भूमिका निर्वाह गर्ने लिला शर्मा मानन्धरले यस संस्थाको उद्देस्य र भाबी कार्यक्रमका बारेमा प्रकाश पार्नु भएको र बिदेशमा बसाईको क्रममा हामी केवल आफू आफूमा मात्र सिमित नरही बृहत हित हुने किसिमको सोच राख्नु आजको समयको माग रहेको बताउनुहुन्छ ।

हामी आफ्नो समाजमा मात्र सिमित हुँदा हामीले हाम्रो पहिचान दिन नसक्ने र त्यसमा पनि हाम्रो एकदमै कम जनसंख्या रहेकोले हाम्रो पहिचानका लागि सम्पूर्ण एसियाली मुलुक एक हुन जरुरी देखिन्छ तब मात्र हामी यस देशका विभिन्न तह र तप्कामा सामबेश हुन् सक्छौँ र जसले गर्दा हाम्रो चिनारी पनि प्रबल हुने उहाँले बताउनु भयो l

यसरी हामीले हाम्रो समाजलाई अगाडी बढाएको खण्डमा भाबी आउने नयाँ पुस्तालाई चिनारीका साथै अन्य कुरामा सरल हुने पनि उहाँले बताउनु भयो l जुनसुकै योजना तर्जुमा गर्दा दिर्घकालिन प्रतिफलको सोच राख्नु आवश्यक भएकोले यसरी अगाडी बढेको जानकारी दिनुभयो l यस कदमले पक्कै पनि सकारात्मक मोड लिने कुरामा उहाँ विश्वस्त हुनुहुन्छ l

यो कार्य गर्न धेरै नै समय खर्च गरेता पनि केवल एक राष्ट्र मात्र नभई दसराष्ट्रहरुलाई एक ठाउँमा समेट्न सकेकोमा उहाँ धेरै नै गर्व गर्नुहुन्छ l हालमा दस राष्ट्रका सदस्यबाट सुरु भएको यस संस्था भविश्यमा अन्य एसियाली राष्ट्रहरुलाई पनि समाबेश गर्ने उदेस्य रहेकोछ । यस संस्था, बेल्जियम स्थित विशुद्ध सामाजिक सेवाको उदेस्येले स्थापना भएका सबै किसिमको संघ सस्थाहरुसंग सहकार्य गर्दै अगाडी बढने बताउँछन् ।

बिभिन्न एसियली मुलुकहरुबाट आएर बेल्जियममा बसोबास गर्नेहरुको एकता, आपसी सहयोग, उनिहरुको हकहितको संरकक्षण र पहिचानको उदश्यको साथ स्थापना भएको यस् सस्थाको भाबी कार्यक्रमहरु अन्तर्गत Asian Cultural Center and Asian Information Centre को स्थापना गर्ने, सामुहिक चाडपर्वहरु मनाउने, सांस्कृतिक आदान प्रदान का साथै राज्यका संयन्त्रहरुमा एसियलिमुलका नागरिकहरुको प्रतिनिधित्व लागि पनि पहल गर्ने योजना रहेको छ।

हाल यस संस्थाको कार्य समितिमा लिला शर्मा मानन्धर – अध्यक्ष (नेपाल ), दि कोङ्ग बिंग–उपाध्यक्ष्य (इन्डोनेसिया), रेजा गुलाम–महासचिब (बंगलादेश) – डा. अल्ता ल्कग्वा, – कोषाध्यक्ष्य ( मंगोलिया) रहनु भएको छ । साथै अन्य राष्ट्रहरुका सदस्यहरुलाई बिभिन्न बिभागहरुको जिम्मेबारी दीइएको छ ।

कार्यक्रममा मेडिकल विश्वविद्यालयका प्रोफेसरहरु, फिल्म प्रोडक्सन प्रबन्धक, अफ्रिकन महिला संघका प्रतिनिधिहरु, AIF का प्रतिनिधि, बिभिन्न सामाजिक संघसंस्थाकका प्रतिनिधिहरु र बिभिन्न क्षेत्र संग सम्बन्धित बुद्धिजिबी वर्गको ठुलो उपस्थिती रहेको थियो।

कार्यक्रमको अन्त्यमा आ-आफ्नो देशको कला संस्कृति झल्कने झाँकी, बिभिन्न हस्तकला समानहरुको प्रदर्शन र सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय तरुण विभागको डेनमार्क शाखा प्रमुखमा काभ्रेका प्रदिप तिवारी मनोनयन हुनु भएको छ । आठ वर्षदेखि

अमेरिकाको टेक्सास राज्यस्थित युलेस सिटी काउन्सिल मेम्बरमा नेपाली मूलका टीका पौडेल विजयी हुनुभएको छ । स्थानीय समयानुसार शनिबार राति सम्पन्न

भाषा मानव जातिले मौखिक, लिखित वा सांकेतिक माध्यममा प्रयोग गर्ने संचार माध्यम हो। संसारका कतिवटा भाषाहरू छन् भनेर एकिन का

बाबा राजेश्वरी थापा, अस्ट्रिया:  बेलायतमा बिहीवार ६ मे २०२१ मा  सम्पन्न स्थानीय निर्वाचनमा हन्सलोस्थित काउन्सिलमा बिष्णु बहादुर गुरुङ्ग मेयर, र