सशस्त्र भूमिगत समूहका मोस्ट वान्टेड पक्राउ

११ श्रावण २०७०, शुक्रबार १६:०४ मा प्रकाशित

काठमाडौं, ११ साउन । अग्नि उपनामबाट चिनिने सशस्त्र भूमिगत समूह तराई मुक्ति मोर्चाका प्लाटुन सैन्य कमाण्डर सुनिल जयसवाल भारतमा पक्राउ परेका छन्। भारत विहार राज्यको पूर्वी चम्पारण आदापुरबाट भारतीय प्रहरी र अञ्चल प्रहरी कार्यालय बीरगन्जले संयुक्त रुपमा शुक्रबार सुनिललाई पक्राउ गरेको हो । चार जना माओवादी कार्यकर्ताको हत्या अभियोग लागेका सुनिल पक्राउ पर्दा सेल्टरमा सुतिरहेका थिए ।
कुनैबेला सशस्त्र प्रहरी बलका हवल्दारमा कार्यरत उनी ०६४ सालमा हतियारसहित भागेर तराईको भुमिगत समुहमा समाहित भएका थिए । त्यसको दुई वर्षपछि २०६६ सालमा जयसवालको नेतृत्वमा रहेका भुमिगत समुहले बाराको गंजभवानीपुरका तत्कालीन माओवादीका राज्य कमिति सदस्य कन्हैया यादव , रामप्रकाश यादव,दारा यादव लगाउतका गरी चार जनाको हत्या गरेको थियो । लामो समयदेखि नेपाल प्रहरीको मोस्टवान्टेडको सुचीमा रहेका सशस्त्र समुहका सुनिल जैसवाल माथि हत्या, रंगदारी, फिरौती जस्ता दर्जनौ केसहरु बारा प्रहरीमा परेका छन्। जयसवाललाई विहार राज्यको आदापुरबाट पक्राउ गरी उतै अज्ञात स्थानमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवादमा निर्वाचन आयोगको फैसलाविरुद्ध महन्थ ठाकुरले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम

रुपन्देही । लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वलीले आफू नेकपा माओवादी केन्द्रमै रहेको बताउनुभएको छ । एक हप्तादेखि पार्टीसँग

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ । नयाँदिल्लीस्थित एपोलो अस्पतालमा नेता

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन आज बुधबार तेस्रोपटक बसेको सत्तारुढ गठबन्धन कार्यदलको बैठकले राष्ट्रिय योजना आयोगको समेत