लडाकुलाई नेपाली सेनाको जिम्मा लगाउनु आसर्मपणको पराकाष्ठा भएको बैद्य पक्षको ठोकुवा

२९ चैत्र २०६८, बुधबार ०८:०२ मा प्रकाशित

काठमाडौ । माओवादी उपाध्यक्ष मोहन बैद्य पक्षले सेना समायोजन विशेष सिमितको निर्णयलाई आत्म समर्पणको पराकाष्ठा भनेको छ । कुपण्डोलस्थित सम्पर्क कार्यालयमा मंगलबार बिशेष समितिले गरेको निर्पणयका बारेमा छलफल गर्न बसेको बैद्य पक्षको बैठक पछिको विज्ञप्तिमा यस्तो बताइएको हो ।
विज्ञप्तिको पूर्णपाठ
काठमाडौं-
हाम्रो पार्टीका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री बाबुरम भट्टराई समेतको चार दलका शीर्ष नेताको उपस्थितिमा आज बसेको सेना समायोजन विशेष समितिका आकस्मिक बैठकले जनमुक्ति, सेना र शिविरमा रहेका कन्टनेर हतियार आजैदेखि नेपाली सेनालाई जिम्मा लगाउने जुन निर्णइ गर्यो, त्यो आत्म समर्पणवादको पराकाष्ठा र नेपाली क्रान्ति प्रति  गम्भीर बिश्वास घात हो । यसको हामी घोर भर्त्सना गर्दछौं । यसका साथै सम्पूर्ण देशभक्त गणतन्त्रवादी र स्वाभिमानी र अग्रगामी परिवर्तन चाहने सम्पूर्ण जनतालाई बिरोधमा उत्रन आह्वान गर्दछौ ।
उपाध्यक्ष मोहन बैद्य
महासचिब रामबहादर थापा हस्ताक्षर
११ देखि १२ बजे चक्काजाम
भोलि बेलुका मसाल जुलुस, प्रचण्ड र बाबुरामको पुत्ला जलाउने निर्णय बाँकी कार्यक्रम भोलि ।

प्रतिक्रिया
सम्बन्धित खवर

बुटवल । गत शुक्रबारबाट सम्पर्कविहीन भएकी लुम्बिनी प्रदेशसभा सदस्य विमलाकुमारी खत्री वलीको अदृष्य स्थानबाटै प्रेस विज्ञप्ति बाहिर आएको छ ।

जनकपुरधाम । महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुर हत्या मुद्दामा उनका बुबासहित थप तीनजनालाई प्रहरीले पक्राउ गरेको

काठमाडौं । दार्चुलाको महाकाली नदीमा व्यास गाउँपालिका–२ का जयसिंह धामी बेपत्ता भएको घटनालाई लिएर युवा संघले काठमाडौंस्थित भारतीय राजदूतावासको कार्यालय

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण देशमा राजनीतिक संकट उत्पन्न भएको आरोप