सुदुपश्चिममा अमेरिकी राजदूत

११ श्रावण २०७०, शुक्रबार १०:०० मा प्रकाशित

काठमाडौं, ११ साउन । अमेरिकी राजदूत पिटर डब्लु. बोडीले कैलाली र कञ्चनपुरको भ्रमण गरी त्यहाँका स्थानीय सरकारी अधिकारी, व्यवसायी तथा गैरसरकारी संस्थाहरूसँग भेटघाट गर्नुभएको छ । भ्रमणका क्रममा राजदूत बोडीले आगामी मंसिरमा हुने चुनावका लागि उक्त क्षेत्रले गरिरहेका तयारी बारे जानकारी लिनुभयो र कार्टर सेन्टरका पर्यवेक्षकहरूलाई पनि उहाँले भेट्नुभयो । उक्त क्षेत्रमा बेचबिखन विरुद्ध भैरहेका कार्यहरूबारे पनि उहाँले सेफ माइग्रेशन नेटवर्कबाट जानकारी लिनुभयो । यस्तै राजदूत बोडीले द्वन्द्वपीडितहरूका लागि कार्य गर्ने नेपाल नेशनल सोसियल वेलफेयर असोसिएशनको कार्यालय भ्रमण गर्नुभयो । स्मरण रहोस्, अमेरिकी सरकारले यी सबै कार्यक्रमका लागि सहयोग प्रदान गर्दछ ।
कैलालीमा राजदूत बोडीले कैलाली उद्योग वाणिज्य संघका सदस्यहरूलाई भेट्नुभयो र संघको भवनमा अवस्थित अमेरिकी सरकारको सहयोगमा सञ्चालित पुस्तकालय अमेरिकन कर्नर धनगढीको भ्रमण गर्नुभयो । कञ्चनपुरमा राजदूत बोडीले नेपाल इङ्ग्लिश ल्याग्वेज टीचर्स असोसिएशन (नेल्टा) को नयाँ कार्यालयको भ्रमण गर्नुभयो र अमेरिकी सहयोगमा सञ्चालित इङ्ग्लिश एक्सेस लघुछात्रवृत्ति कार्यक्रमका विद्यार्थीहरूसँग वृक्षरोपण गर्नुभयो । उहाँले सुदूरपश्चिम विश्वविद्यालयका उपकूलपति डा. जयराज अवस्थीसँग भेटघाट गरी विश्वविद्यालयको विकासका योजनाहरूबारे बुझ्नुभयो । सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीहरूलाई सम्बोधन गर्दै राजदूत बोडीले उनीहरूलाई आगामी मंसिरमा हुने चुनावमा सहभागी हुन आग्रह गर्नुभयो । सो अवसरमा उहाँको कथन थियो– ‘आगामी निर्वाचनमा तपाईंहरूको आवाज सुनिनुपर्दछ । आफ्नो मताधिकारको प्रयोग गरेमा र अरुहरूलाई पनि प्रयोग गर्न दिइएमा अझ राम्रो नेपालको निर्माण हुनेछ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर नेपालमा महामारीकै रुपमा फैलिन थालेको छ । सोमबार १२सय ८२ नयाँ संक्रमित थपिएका छन्

काठमाडौँ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल