एनआरएन उपाध्यक्ष कंडेल घोषणा पत्रसहित चुनावी मैदानमा

११ श्रावण २०७०, शुक्रबार ०२:०३ मा प्रकाशित

लण्डन । गैर आवासीय नेपाली संघ बेलायतका उपाध्यक्ष महेन्द्र कंडेल आफ्नो ८ बुंदे लामो घोषणा पत्रसहित चुनावी मैदानमा उत्रिएका छन। विगतका दुई कार्यकाल शसक्तरुपमा उपाध्यक्षको भुमिका निर्वाह गरीसकेका उनले यसअघि नै अध्यक्षमा उम्मेद्वारी दिने औपचारिक घोषणा गरेका थिए।

एनआरएए युकेमा लामो अनुभव भएका उनी अध्यक्षका लागि सम्भावित उम्मेद्वार पनि हुन। एनआरएनए युकेका अध्यक्ष कुल आचार्य र निवर्तमान अध्यक्ष सुर्य गुरुङको कार्यकालमा उपाध्यक्ष रहि सकेका उनले एनआरएनका विभिन्न कार्यक्रमहरु संयोजन गरीसकेका छन। आफ्नो उम्मेद्वारीले नेपाली समुदाय सँग सम्बन्धित विविध सवालहरुका बारेमा अहम महत्व राख्ने कंडेलले बताएका छन।

उनले आफु निर्वाचित भए पछिको पहिलो बैठकबाटै घोषणापत्रमा उल्लेख गरिएका कार्यक्रमहरुलाई मध्यनजर राख्दै बार्षिक कार्यक्रममा समावेश गर्ने र सार्वजनिक गर्ने प्रतिवद्धता समेत जाहेर गरेका छन। साथै दुई–दुई पटक उपाध्यक्ष रहिसकेका उनले आफुलाई यस पटक अध्यक्ष्ँमा सहयोग गरी वियजी गराउन पनि सम्पुर्ण बेलायतवासी नेपालीलाई आव्हान गरेका छन।

यसअघि आफु अध्यक्षको दाबेदार रहदा पनि नेपाली समाजको एकतालाई मध्यनजर गर्दै उपाध्यक्ष पदमै बसेको कंडेलले बताएका छन। एनआरएनए युकेका पुर्व अध्यक्ष्ँ मे रि डम्मर घले, निवर्तमान अध्यक्ष सुर्य गुरुङ, बर्तमान अध्यक्ष कुल आचार्य, आइसीसी सदस्य विश्व आदर्श पण्डित लगायतका धेरै साथीहरुको यस पटक अध्यक्ष पदमा सहयोग गर्ने प्रतिबद्धता अनुसार अनुसार आफु गएको बर्षपनि उपाध्यक्षमा बसी काम गरको उनले स्पष्ट पारे।

घोषणापत्रको पुर्ण पाठ
१) गोर्खा आर्मीका हक हितका सवाल र एक पटकको नेपाली सधैंको नेपालीलाई आत्मासाथ गर्दै नागरिकता जोगाउने सवाललाई उच्च प्राथमीकता दिनेछु र त्यसका लागि मानवीय तथा भौतिक श्रोत साधन परिचालन गर्दै यी दुबै विषयमा जोडदार रुपले अगाडी बढ्नेछु। यसमा अन्य भुपु गोर्खाहरुसंघ आबद्ध संघसंस्थाहरुसंग सहकार्य गर्ने प्रण पनि गर्दछु।
२) बेलायतमा बसी अंग्रेजी भाषा बोल्न कठिनाई भोग्नुभएका बृद्ध बाबा आमाहरुको सहयोगार्थ एनआरएनए युकेको पहलमा हेल्थ अवेरनेश सिविर सञ्चालन गरी यथोचित स्वास्थ्य सेवा पु¥याउने बचनबद्धता व्यक्त गर्दछु।
३) बेलायतमा वसोवास गर्दै आएका नेपालीहरुको जनजीवनमा सकारात्मक प्रभाव पार्ने कार्यक्रमहरु तर्जुमा गरी त्यस्तो कार्यान्वयन गर्नुका साथ साथै नेपालीहरुको सांस्कृतिक र भाषिक पहिचानलाई कायम राख्ने कार्यक्रमहरु अगाडि बढाउने छु।
४) बेलायतमा बसोबास गर्ने सवै नेपालीहरुलाई एनआरएन यूकेको सदस्य बनाउने दिर्घकालीन लक्ष्य राख्दै अगामि २ वर्ष भित्रमा बढि भन्दा बढि नेपालीहरुलाई सदस्य बनाउने लक्ष्य राखी तदनुसार कार्यक्रमहरु ल्याउने छु। सदस्य भै सकेका सबै एनआरएनस“ग सजिव सम्पर्क कायम राख्दै उनीहरुस“ग सम्वादको प्रकृया अगाडि बढाउन विशेष तदारुकता दिनेछु।
५) विदेशमा बसोबास गरी रहेका नेपालीहरुको मतदानको अधिकार प्राप्त गर्न नेपाल सरकार तथा राजनैतिक दलहरुलाई दवाव दिने र उनीहरुसंगको संवादलाई प्राथमिकता साथ अगाडि बढाउने छु।
६) एनआरएनए सचिवालय स्थापना गरि बेलायतमा रहेका नेपालीहरुलाई निःशुल्क कानूनी सल्लाहको प्रवन्ध गर्ने र सूचना केन्द्र स्थापना गरि नव आगन्तुकहरुलाई बढि भन्दा बढि सुचना प्रदान गर्ने कार्यलाई प्राथमिकतामा दिनेछु।
७) एनआरएन यूकेको विधान संशोधन गरि सबै नेपाली संघ संस्थाहरुको प्रतिनिधित्व सुनिश्चित गर्ने संरचना बनाई एनआरएनए युकेलाई मजबुद बनाउन हरसम्भव प्रयास गर्नेछु।
८) बेलायतस्थित विभिन्न संघ संस्थाहरुसंग समन्वय गर्दै विविध कार्यक्रम मार्फत आर्थिक, सामाजिक उन्नतिका लागि पहल गर्नेछु। नेपालको आर्थिक वृद्धिदर उच्च बनाउन नेपालमा पनि विदेशी लगानीलाई प्रोत्साहित गर्नेछु।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

लन्डन । नेपाल पत्रकार महासङ्घ (एफएनजे) युके शाखाले एक समारोहबीच पत्रकार श्रीभक्त खनाललाई यस वर्षको ‘एफएनजे युके वर्ष पत्रकारिता पुरस्कार’

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय तरुण विभागको डेनमार्क शाखा प्रमुखमा काभ्रेका प्रदिप तिवारी मनोनयन हुनु भएको छ । आठ वर्षदेखि

अमेरिकाको टेक्सास राज्यस्थित युलेस सिटी काउन्सिल मेम्बरमा नेपाली मूलका टीका पौडेल विजयी हुनुभएको छ । स्थानीय समयानुसार शनिबार राति सम्पन्न