ज्ञानेन्द्र गतिविधि र बाबुरामको कुण्‍ठा ::हरि अधिकारी

१० श्रावण २०७०, बिहीबार १५:०९ मा प्रकाशित

एकीकृत नेकपा माओवादी नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले अपदस्थ राजा ज्ञानेन्द्र शाहका गतिविधिलाई आपत्तिजनक ठहर गर्दै उनलाई जेल हाल्नुपर्ने दाबी गरेका छन्। एक पाइला अझै अघि सरेर भट्टराईले आफू सत्तामा भएको भए ज्ञानेन्द्रलाई जेलमा सडाइसकेको हुन्थें पनि भनेका छन्। भट्टराईको शाहविरुद्धको विषवमन तथ्य र प्रमाणहरूद्वारा औचित्यपूर्ण ठहर गरिनसक्‍ने खालको भने पटक्‍कै छैन। श्रीपेच फुस्किएका होटेलमालिक यी ठकुरी बाबुसाहेबले नेपालमा हाल प्रचलनमा रहेको कुन कानुनअनुसार जेल जानुपर्ने दण्डनीय अपराध गरेका छन् भन्ने कुराको खुलासा अदालतद्वारा जेल सजाय तोकिएका केही अभियुक्तलाई बडो जतनका साथ काखी च्यापेर हिडिँरहेका पूर्वप्रधानमन्त्री भट्टराईले गर्न सकेका छैनन्। भट्टराईको यसप्रकारको उग्र बयानमा असहिष्णु र निषेधको राजनीति ह्वास्स गनाएको छ। उनको गलत राजनीतिक दीक्षाको दुर्गन्ध छ यसमा। ६ वर्षअघि राजगद्दी, मानसम्मान र वैभव गुमाएका शाह राजवंशका अन्तिम राजा ज्ञानेन्द्रका पछिल्ला गतिविधिले एमाओवादी नेता भट्टराईलाई त्यति धेरै क्षुब्ध र आक्रोशित बनाउनुलाई स्वाभाविक मान्न सकिँदैन। वास्तवमा शाहले गरेकै पो के छन् ररु उनी देशभरका केही ठाउँमा शक्तिपीठ हिन्दु मन्दिरहरूमा पूजाअर्चना गर्न गएका छन्, त्यस क्रममा भेट्न आउनेहरूसँग उनले भलाकुसारी गरेका छन्, राष्ट्रिय महत्त्वका पर्वविशेषमा सतर्कताका साथ छानिएका शब्दहरूमा शुभकामना सन्देश प्रवाह गरेका छन् र बुहारी हिमानीका नाममा खोलिएको एउटा दातव्य गुठीका माध्यमबाट दुईचार ठाउँमा सानो रकमको सहायता उपलब्ध गराएका छन्। पछिल्लोपटक उनले सुदूरपश्चिमाञ्चल क्षेत्रका बाढीपीडितलाई केही सहयोग गर्ने हेतुले सोही ट्रस्टको माध्यमबाट राहत सामग्री सम्बन्धित प्रकोपपीडित इलाकामा पुर्‍याएका छन्। निर्वाचन आयोगले आचारसहिंता लागू भइसकेपछि दैवीप्रकोप पीडितलाई राहत वितरण पनि गर्न पाइँदैन भन्ने बखेडा झिकेपछि उनको राहत वितरण कार्यक्रम अन्योलमा परेको छ। माथि लेखिएका क्रियाकलाप गरेकै कारण शाहलाई जेल हाल्नुपर्छ भन्नु कुनै कोणबाट पनि उचित हुन सक्दैन। शाहले निरंकुश राजा बन्ने दुराकांक्षा राखेका कारण अक ल्पनीय परिणामको क्षति बेहोरिसकेका छन्। उनले गद्दी गुमाएका हुन्, तर स्वतन्त्र नेपाली नागरिकको हैसियत गुमाएका होइनन्। उनले विशेषाधिकार गुमाएका हुन् तर एउटा सार्वभौम नेपालीले उपभोग गर्न पाउने वैधानिक अधिकार गुमाएका होइनन्। सार्वभौम नेपाली नागरिकले भोग्न पाउने अधिकार भन्नेबित्तिकै ती तमाम अधिकार सम्झनुपर्ने हुन्छ, जसअन्तर्गत शान्तिपूर्ण ढंगले आफ्नो राजनीतिक आकांक्षा पूर्तिको प्रयत्न गर्न पाउने अधिकार पनि पर्दछ। पूर्वराजा शाहको राजनीतिक आकांक्षा के हुन सक्छरु निश्चय नै उनी राजाका रूपमा फेरि एकपल्ट गद्दीनसीन हुन चाहन्छन्। त्यसका लागि पहिलो चरणमा उनी २०४७ को संविधानको पुनस् प्राणप्रतिष्ठा भएको देख्न चाहन्छन्। त्यसैले उनी संविधानसभा निर्वाचन नहोस् भन्ने कामना गरिरहेका हुन सक्छन्। अन्धविश्वासको हदसम्म धर्मभीरू भएकाले उनले विभिन्न शक्तिपीठमा गएर देवीदेवतासँग जसरी भए पनि संविधानसभाको चुनाव हुन नपाओस् प्रभु१ भनेर प्रार्थना पनि गरे होलान्। उनले आफ्ना भित्रिया अनुचरहरूसँग यस विषयमा सल्लाह साउती पनि गरेको हुनुपर्छ। आफ्नो लाइनमा सोच्ने राजनीतिक प्राणीहरूसँग कुराकानी गर्नबाट पनि पछि नपरेका होलान्। सक्छौ भने चुनावविरोधी वातावरण बनाऊ पनि भने होलान्। तर शाहले आफ्नो आकांक्षाहरूलाई कार्यरूपमा परिणत गर्ने कुनै कार्ययोजना बनाएको चाहिँ अहिलेसम्म थाहा पाइएको छैन। उनले कुनै राजनीतिक दल पनि खोलेका छैनन्। संविधानसभाको चुनाव हुनु हुँदैन भन्ने बयान दिएका छैनन्। यसलाई बिथोल्न ‘म दस्ता बनाएर मतदान केन्द्रहरूमा पठाउँछु’ भन्ने उद्घोष पनि गरेका छैनन्। निर्वाचनविरोधी राष्ट्रिय अभियानको नेतृत्व गर्ने कुनै योजना छ उनीसँग जस्तो पनि लाग्दैन। कहाँसम्म भने उनको सबैभन्दा नजिक रहेको भनिएको राजनीतिक दल राप्रपा नेपालले समेत संविधानसभा निर्वाचनमा भाग लिने र यही प्रणालीभित्रैबाट राजतन्त्रको वकालत गर्ने निर्णय गरेको छ। यसरी बिल्कुलै निरापद ढंगमा, एउटा कोणबाट हेर्दा मनोगत रूपमा, आफ्ना आकांक्षाहरूलाई हुर्काइरहेका शाहमाथि खनिने डाक्टर भट्टराईको नियतलाई सन्देहको घेरामा राखेर हेरिनुपर्छ भन्न सकिन्छ। शाह जस्ता चेसका पिटिएका प्यादाहरूको आकांक्षालाई हावा दिएर बडेमानको बनाउने को होरु अहिले र पहिले पनि संविधासभाप्रति नक्कली ओठेप्रीति देखाउने तर भित्रभित्रै संविधानसभाबाट कुनै पनि हालतमा संविधान तर्जुमा हुन नदिने भट्टराईको पार्टी एमाओवादीको दोहोरो चरित्रका कारण चार वर्षको लामो समय पनि संविधान बन्न नसकेर स्वयं सभा नै अकाल मृत्युवरण गर्न बाध्य भएपछि शाह र उनको लाइनका मानिसहरूले आफ्ना दिन फिर्नसक्ने आशा मनमा जगाउन सकेका हुन्। संविधानसभाको स्वरूप सानो, छरितो, योग्य र परिणाममुखी बनाएर बेलैमा नयाँ संविधान जारी गर्न सकेको भए अहिले बाबुरामले ज्ञानेन्द्र र आफ्ना लामो समयका सहकर्मीहरूलाई एउटै कित्तामा राखेर पाँडेगाली गरिरहनुपर्ने थिएन। शाह र नेकपा(माओवादी नेता मोहन वैद्य ‘किरण’ को राष्ट्रवादलाई लिएर एकैमतो कायम हुन गएकोमा पनि डाक्टर भट्टराईले चिन्ता प्रकट गरेका छन्। यो चिन्तामा भने भट्टराईको उजागर भएको भारतपरस्त छविमा कसरी सुधार ल्याउन सकिन्छ भन्ने छटपटीको छनक देख्न सकिन्छ। थङ्थिलो भएको नेपालको राष्ट्रियताका सबालमा शाह, कमल थापा र किरणहरू एक ठाउँमा उभिए भने के भो तरु एउटा खास विषयमा राजनीतिक शक्तिहरू एकै ठाउँमा हुनु स्वाभाविक हो। भट्टराईलाई थाहा हुनुपर्ने हो- राजनीतिमा कसैले चाहँदैमा सबै भइहाल्दैन। हुने भए त प्रचण्ड-भट्टराईहरू लेनिन र स्टालिनका नेपाली अवतार साबित भएर यस सुन्दर देशलाई अनगिन्ती गुलाबमा परिणत गरिदिएका हुन्थे तिनले। चाहँदैमा हुन्थ्यो भने व्युत्पत्तिको ठेगान नभएका हिन्दीभाषी राजेन्द्र महतोहरू यस देशका अधिपति बनेका देखिन्थे। कसैकसैले चाहँदैमा भइहाल्थ्यो भने यो मुलुक पोहोरपरार एसियाको सोमालिया वा कंगो बनिसकेको हुन्थ्यो। चाहँदैमा केही हुँदैन भट्टराईजी, ढुक्‍क हुनोस्, शाहले चाहँदैमा ४७ को संविधान फर्किंदैन न त तपाइँले चाहँदैमा लाल तानाशाही संस्थापन गर्ने संविधान तर्जुमा गर्ने खालको संविधानसभा गठन हुनेछ। त्यसैले कसैलाई पनि शान्तिपूर्ण ढंगले जनतामा ज्ञान र तपाइँलाई जति मन नपरे पनि उसका कुरा राख्न दिनोस्। अन्तिम निर्णय गर्ने अधिकार त आखिर जनतामा सुरक्षित छ। कानुनले नदिएको कुराको वकालत गर्दै कसैलाई जेल हाल्छु भन्ने जस्तो कुण्ठाग्रस्त शब्द ननिकाल्नोस्। तपाइँलाई शोभा दिँदैन। (अन्नपूर्णबाट)

प्रतिक्रिया
सम्बन्धित खवर

एक ठाउँको रहनसहन र परम्परा अर्को ठाउँको लागि नौलो त लाग्छ नै ! यस्ता केही चालचलन पनि हुन्छन् । जुन

घर परिवारको न्यानो साथ छोडेर विदेशिनु पर्दाको पीडा त भोग्नेलाई मात्र थाहा हुन्छ । प्रियजनको पर्खाइमा कैयौं रात अनिदो काट्नु

समयको गति पनि कस्तो ? पच्छ्याउदा, पच्छ्याउदै हामी कतिबेला छुट्छौं थाहै हुन्न । आज हामी जुन गतिमा छौं । भोलि

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्व शान्ति स्थापना कार्यमा धेरै सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो स्थानमा उक्लिएको छ ।