मतपेटिका फुटाएकै दिन बम विष्फोटको चेतावनी

१० श्रावण २०७०, बिहीबार १९:४९ मा प्रकाशित

काठमाडौं, १० साउन । नेकपा–माओवादीका महासचिव वादलले रत्नपार्कस्थित शान्तिबाटिकामा नमूना मतपेटिका फुटाएर निर्वाचनविरोधि अभियान सुरु गरेकै दिन उता दैलेखमा बम विष्फोट गराएरै भए पनि संविधानसभाको दोश्रो चुनावलाई बहिष्कार गरिने उद्घोष गरिएको छ । माओवादीका केन्द्रिय सदस्य एवं भेरी कर्णाली राज्य समितिका सचिव भरत बम (रणविर)ले चुनाव विथोल्न बमकै प्रयोग गरिने बताएका हुन् । दैलेखको देवकोटा चोकमा आयोजित “संविधानसभा चुनाव औपचारिक चुनावी बहिष्कार” कोणसभालाई सम्बोधन गर्दै उनले संविधानसभाबाट संविधान बन्छ भन्ने पुर्वाधार तयार नगरिकन चारदलले विदेशी दलालको आशिर्वादमा संविधानसभाको दोश्रो चुनाव गर्न लागेको दाबी गरे । देशलाई सिक्किमिकरण हुनबाट बचाउन बर्तमान सरकारले गर्न लागेको नौटंकी चुनावलाई कुनैपनि हालतमा विथोलेर छाड्ने चेतावनी उनले दिए । उनको भनाईअनुसार विदेशीको नाँगो नाच देखाएर सरकारी कर्मचारीको आडभरोसामा चुनाव गराउनु लोकतन्त्रकै उपहास हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा गत २४ घण्टामा ७३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९ हजार ५ सय ३९

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ बदर गर्न माग गरेको छ । जसपा नेपालका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सफतविरुद्ध सर्वोच्चमा रिट पेश भएको छ । प्रधानमन्त्री ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले

प्रयागराज । भारतको उत्तर प्रदेशका प्रहरीहरु अहिले गङ्गा नदीका किनारामा बालुवाले अलिअलि छोपछाप पारिएका शवको अनुसन्धान गर्न खटिएको छ ।