स्पेनमा रेल दुर्घटना, झण्डै ८० को मृत्यु

१० श्रावण २०७०, बिहीबार ११:२३ मा प्रकाशित

एजेन्सी । स्पेनमा भएको एक भयानक रेल दुर्घटनामा झण्डै ८० व्यक्तिको ज्यान गएको छ । स्पेनको राजधानी मेड्रिडबाट फेरो नामक शहरसम्म चल्ने उक्त रेल सेंटियागो दे कोम्पोस्तायला नामक शहरनजिक भएको बताइएको छ ।
प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै समाचारमा जनाइएअनुसार भयानक आवाजका साथ रेलको डिब्बा लिकबाट उत्रिएर कैयन मिटर परसम्म घिस्रिएको थियो । अढाइ सय जति यात्रु रहेको रेलभित्र च्यापिएर अझै कैयन व्यक्ति रहेको हुनसक्ने बताइएको छ । गम्भीर घाइते पचास जनाको उपचार भइरहेको छ ।
पछिल्लो चार दशकयता स्पेनमा भएको यो सबभन्दा ठूलो दुर्घटना भएको एजेन्सीहरुले उल्लेख गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली काँग्रेसका संस्थापन इतरका नेताहरूले कार्यतालिका छोट्याएर भए पनि निर्धारित मितिमा महाधिवेशन सम्पन्न गर्नुपर्ने बताएका छन् । पार्टीका

गलेश्वर । म्याग्दीको एउटा परीक्षा केन्द्रमा सात दिनको नवजात शिशुलाई काखमा च्यापेर एक सुत्केरी छात्राले परीक्षा दिइरहेकी छन् । जारी

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल आबद्ध रहेका व्यापारसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौता के कति देशको हितमा छन भन्ने कुराको

लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा बैठक आह्वान गर्नुभएको छ । साउन २७ गते १: ०० बजे प्रदेश प्रमुखबाट प्रदेशसभाको