राष्ट्रियताको सवालमा राजावादीसँग तालमेल गरिन्न : गजुरेल

१० श्रावण २०७०, बिहीबार १०:५८ मा प्रकाशित

कपिलवस्तु, १० साउन । नेकपा–माओवादीका उपाअध्यक्ष सिपी गजुरेलले मंसीरमा हुने भनिएको चुनावकुनै पनि हालतमा हुन नदिने दोहोर्याएका छन् । पार्टी कामको सिलसिलामा कपिलवस्तुको बुड्ढी पुगेका उपाअध्यक्ष गजुरेलले आफुहरुले मंसीरमा गर्ने चुनाव कुनै पनि हालतमा गर्न नदिने बताए । राष्ट्रियता अत्यन्तै कमजार बनेको उल्लेख गर्दै उनले देश सिक्कीमीकरण हुंदै भुटानीकरणमा पुग्ने गम्भीर खतरा रहेकाले गोलमेच सम्मेलनमार्फत बर्तमान सरकारको खारेजी गरी आफ्ना पुराना ५ सुत्रिय माग पुरा नहुंदासम्म चुनाव हुन नसक्ने बताए ।
राष्ट्रियताका सवालमा राजावादीसँग समेत तालमेल गर्ने अध्यक्ष बैद्य लगायत केही नेताको अभिव्यक्ति गलत भएको भन्दै राजावादीसंग नभई कम्युनिष्ट इतर भए पनि अन्य कुनै पनि राष्ट्रवादी शक्तिसंग तालमेल गर्ने प्रस्ट्याए । कपिलवस्तुमा नेता गजुरेलले पुराना बामपंन्थी नेता खुविराम आचार्यको स्वास्थ्य अवस्थाका बारेमा समेत जानकारी लिएका थिए ।
– चन्द्रकान्त खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ३ हजार ११४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले कांग्रेस र कम्युनिस्टबीच वैचारिक, चरित्रगत तथा नीतिगत कार्यशैलीमा भिन्नता नरहेको बताएका

काठमाडौं । नेपाली कांग्रेसका तल्ला तहका सबै अधिवेशनहरु स्थगित भएका छन् । आज बसेको पदाधिकारी बैठकले साउन १२ गते हुने

सिद्धार्थनगर । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परीक्षण उडानको अन्तिम तयारीमा पुगेको छ । विमानस्थलको प्राविधिकतर्फको काम सकिएपछि अब परीक्षण उडानको