तीन दलले संकट निम्त्याएको गच्छदारको आरोप

१० श्रावण २०७०, बिहीबार १०:५३ मा प्रकाशित

नवलपरासी, १० साउन । मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदारले प्रमुख तीन दलका कारण मुलुकमा राजनितिक संकट उत्पन्न भएको बताएका छन् । फोरम लोकतान्त्रिक नवलपरासीले बेलाटारिमा आयोजना गरेको पाटि प्रर्वेश कार्यक्रमा यस्तो बताएका हुन् ।
पुर्व उपप्रधानमन्त्री समेत रहेका गच्छदारले पहिलो पार्टी भएर पनि एकिकृत माओवादिले सपना मात्र बाँडेर झुक्काएको र सत्तामा पुगेपछि सविधान निर्माण र शान्ति प्रकृयालाई वेवास्ता गरेकोले राजनितिक संकट आएको बताए । यस्तै, कांग्रेसले पटक पटक सत्तामा जाने अवसर पाएर पनि परिवर्तनलाई आत्मसात गर्न नसकेको र एमालेले पनि मुलुुकको निकास दिन असफल भएकाले वर्तमान स्थिति उत्पन्न हुनुको मुख्य दोषी तीन दल नै रहेको उनले दाबी गरे । तीन दलका नेताहरुको पटक पटकको गल्तिका कारण अव मुलुकलाई निकास दिने एक मात्र पार्टी फोरम लोकतान्त्रिक नै भएको गच्छदारले ठोकुवा गरे । कार्याक्रममा अन्य केन्द्रिय सदस्यहरुले पनि बोलेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । भरतपुर अस्पतालमा कोरोना सङ्क्रमणका बिरामीको चाप बढेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा अस्पतालमा उपचार गर्न

डोटी । कोरोना भाइसको जोखिम कायमै रहेका बेला त्यसको बेवास्ता गर्दै सयौँ सुदूरपश्चिमेली काम खोज्नका लागि दिनहुँ भारत पस्न थालेका

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले भेटवार्ता गर्नुभएको छ । कांग्रेसको

उदयपुर । जिल्लाको त्रियुगा नगरपालिका-२ खैजनपुरगाउँमा कोरोना सङ्क्रमणबाट एकै परिवारको तीन जनाको मृत्यु भएको छ । वडाध्यक्ष घमानसिंह खत्रीका अनुसार