रहेनन् कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्य

९ श्रावण २०७०, बुधबार ०९:३० मा प्रकाशित

काठमाडौं, ९ साउन । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्मचार्यको निधन भएको कर्मचार्यको पारिवारिक स्रोतले जनाएको छ । काठमाडौं मोडल अस्पतालमा उपचारका क्रममा कर्मचार्यको आज बिहान ५ बजे निधन भएको हो । एमाओवादीले दिएको जानकारी अनुसार कर्माचार्यको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलिका लागि बिहान ८ देखि ९ बजेसम्म एमाओवादी केन्द्रीय कार्यायलय पेरिसडाँडामा र ९ देखि ११ बजेसम्म खुलामञ्चमा राखिनेछ । विसं २००६ वैशाख १० गते कलकत्ताको एउटा पुरानो घरमा पुष्पलाल श्रेष्ठको अगुवाईमा कर्माचार्यसहित निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठले नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरेका थिए। अहिले कर्माचार्यको शवलाई मोडल अस्पतालबाट पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा लगिएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ९ बजेदेखि श्रद्धाञ्जलि कार्यक्रम हुने र त्यसपछि खुलामञ्चमा श्रद्धाञ्जलि कार्यक्रम गरी आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने एमाओवादीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति देउवासँग आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् । बुधबार देउवा

काठमाडौं । प्रतिपक्षी नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले बागमती प्रदेशमा हुने राष्ट्रियसभा उपनिर्वाचनमा डा. खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाउने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र आज संसद् सचिवालयलाई बुझाएको छ । प्रधानमन्त्री केपी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन संसद अधिवेशन आह्वान गरेपछि उनलाई असफल बनाउने रणनीति तय गर्न विपक्षी