राप्रपाले पनि गर्यो सर्वदलीय बैठकको माग

८ श्रावण २०७०, मंगलवार १९:२९ मा प्रकाशित

रासस, काठमाडौं, ८ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आगामी संविधानसभाको निर्वाचनमा कम्तीमा एक तिहाई स्थानमा विजय हासिल गर्ने दाबी गरेको छ। पार्टी केन्द्रीय कार्यसम्पादन समितिले निर्वाचनमा अत्यन्त गम्भीरताका साथ युद्धस्तरमा लाग्न चुनावको तयारीमा पार्टीका सबै तह र निकायका कार्यकर्तालाई निर्देशन दिने निर्णय पनि गरेको आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। बैठकले निर्वाचनको तयारीको सिलसिलामा आगामी भदौ १० गते ७५ जिल्लाका जिल्ला अध्यक्ष र केन्द्रीय समितिको संयुक्त बैठक काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको छ। 
बैठकले निर्वाचनलाई राष्ट्रिय एकता र अखण्डताको सुदृढीकरण तथा सनातन धर्म सापेक्ष हिन्दू अधिराज्य स्थापना गर्न सशक्त जनमत सिर्जना गर्ने अवसरका रुपमा उपयोग गर्दै भदौ २५ देखि असोज १४ गतेसम्म राष्ट्रिय एकता यात्रा गर्ने निर्णय गरेको अध्यक्ष कमल थापाले बताए।
सो अभियान गोरखाबाट सुरु भई देशका सबै जिल्लामा पुग्नेछ। हिन्दू अधिराज्यका लागि कात्तिक ४ देखि ११ गतेसम्म हस्ताक्षर कार्यक्रम सङ्कलन गर्ने जनाइएको छ। चुनावलाई दृष्टिगत गर्दै भदौ महिनामा ७५ जिल्लामा निर्वाचन केन्द्रित प्रशिक्षण गर्ने भएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई नेपालको

काठमाडौं । ईस्लाम धर्मावलम्वीहरूको महान पर्व रमजान आज धुमधामसँग मनाउने तयारीमा जुटेका छन् । यो पर्वलाई ‘इद उल फित्तर’ भनिन्छ

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्वको खोप र स्वास्थ्य सामग्री सहयोगका लागि अमेरिकी सरकारसँग आग्रह गर्नुभएको छ । कोभिड–१९ सङ्कट

काठमाडौं । गत २४ घण्टामा ८९६० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । २०२४५ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा ८९६०