‘बुद्धकालीन शहर’मा श्रावणी मेला शुरु

८ श्रावण २०७०, मंगलवार ०६:५३ मा प्रकाशित

रुपन्देही, ८ साउन । रुपन्देहीको पर्रोहा गाविस–२ स्थित प्रसिद्ध धार्मीक पर्यटकीय स्थल पर्रोहा बोलबम धाममा सोमवारदेखि श्रावणी मेला शुरु भएको छ । उक्त धामको शिवज्योतिर्लीङ्गमा अर्पण गर्न गंगाजल ल्याउन भक्तजनको ठूलो समूह कपिलवस्तुस्थित लक्ष्मणघाटतर्फ लागेका छन् । आज मंगलवार उनीहरु धाममा आईपुगी जलार्पण गर्ने कार्यक्रम छ ।
साउन महिनामा शिवज्योतिर्लीङ्गमा गंगाजल र वेलपत्रले पूजा गरेमा भगवान शिव खुशी भई मनोकांक्षा पूरा गरिदिने जनविश्वास छ । उक्त धाममा जलार्पणको लागि गंगाजल ल्याउन कपिलवस्तुको लक्ष्मणघाट, गुल्मीको कालिगण्डकी, चितवनको देवघाट र नवलपरासीको त्रिवेणीघाटमा स्नान र जलभर्नको लागि साउन महिनाभरि भीड लाग्ने गर्दछ । कावँरमा गंगाजल बोकेर कोही पैदल त कोही सवारी साधनमा वोलवमको नारा लगाउँदै सडकमा हिँडेका पहेँलो वस्त्रधारी बोलबम यात्रीहरुले यस क्षेत्रलाई नै रमाइलो बनाउँछन् । यहाँ मेला भर्न रुपन्देही, कपिलवस्तु, नवलपरासी र पाल्पाका अतिरिक्त फाटफुट रुपमा पूर्वको मेचिदेखि पश्चिमको महाकाली र राजधानीबाट समेत भक्तजनहरु आउने गर्दछन् । भारतको यूपी र विहार क्षेत्रबाट समेत भक्तजन आउने गर्दछन् ।
थाइल्याण्ड र वेलायतबाट समेत भक्तजन आएको तथ्याङ्क छ । यो मेलाले साउन महिनाभरि यस क्षेत्रको बजारलाई पनि चलायमान गराउँदछ । पहेंलोवस्त्र, ग्यालन, फलफूल र पूजा सामग्रीको व्यापार फस्टाएको छ । यस क्षेत्रका बुद्धकालीन पाँच ठूला शहरमध्येका पर्रोहा एक मानिन्छ ।
– चन्द्रकान्त खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय समिति वैठक आज पनि बस्दैछ । राजधानीमा हिजोदेखि शुरु भएको

काठमाडौं । आजदेखि देशभर लक्षित समूहलाई कोभिड–१९ विरुद्धको भेरोसेलको दोस्रो डोज खोप लगाइने भएको छ । गत असार २९ गतेदेखि

काठमाडौं । नेपाली काँग्रेसका संस्थापन इतरका नेताहरूले कार्यतालिका छोट्याएर भए पनि निर्धारित मितिमा महाधिवेशन सम्पन्न गर्नुपर्ने बताएका छन् । पार्टीका

गलेश्वर । म्याग्दीको एउटा परीक्षा केन्द्रमा सात दिनको नवजात शिशुलाई काखमा च्यापेर एक सुत्केरी छात्राले परीक्षा दिइरहेकी छन् । जारी