अमेरिकी राजदूतद्वारा निर्वाचनमा महिला सहभागिताको महत्वमाथि जोड

७ श्रावण २०७०, सोमबार २०:३७ मा प्रकाशित

काठमाडौं, ७ साउन । नेपालका लागि अमेरिकी राजदूत पिटर डब्लु. बोडी निर्वाचन आयुक्त ईला शर्मा तथा अन्य विशिष्ट अतिथिका साथ आज काठमाडौंस्थित ¥याडिसन होटलमा ‘निर्वाचन प्रक्रियाको सबै चरणमा महिला प्रतिनिधित्वका लागि सहयोग’ विषयक प्यानल छलफलमा सहभागी हुनुभयो । लोकतन्त्र तथा निर्वाचन पर्यवेक्षण (डिउ–नेपाल) र नेशनल डेमोक्र्याटिक इन्स्टिच्युट (एन्डिआई)ले अमेरिकी सरकारको सहयोगमा उक्त कार्यक्रमको आयोजना गरेका थिए । प्यानल छलफलका वक्ताहरूले आगामी मंसिर ४ गतेको चुनावमा सशक्त महिला उम्मेदवारको संख्या वृद्धि गर्ने तथा महिलाहरूको मतलाई सुनिश्चित गर्ने विषयमा जोड दिए ।
कार्यक्रममा बोल्दै राजदूत बोडीले अमेरिका नेपालमा स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र समावेशी निर्वाचनको पक्षमा रहेको र राजनीतिमा महिला तथा पिछडिएका समुदायको सहभागितामा जोड दिन नेपाल सरकार तथा नागरिक समाजसँग सहकार्य गर्ने कुरा बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपाल विशिष्ट नागरिक र स्रोत साधनले सम्पन्न छ । नेपालले आफ्नो क्षमता हासिल गर्नका लागि यहाँ स्थायित्व र यो देशको विविधतालाई सही अर्थमा प्रतिनिधित्व गर्ने राजनीतिक प्रणाली चाहिन्छ । यसका लागि पहिलो महत्वपूर्ण कदम भनेको मंसिरमा स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र समावेशी निर्वाचन सम्पन्न गर्नु हो ।’ मतदाता नामावलीमा दर्ता भएका सबैलाई आगामी निर्वाचनमा सहभागी हुन आग्रह गर्दै उहाँले भन्नुभयो, ‘आफ्नो मताधिकारको प्रयोग गर्नु हरेक स्वतन्त्र नागरिकको महत्वपूर्ण दायित्व हो ।’
नेपालमा लोकतन्त्र र सुशासनको प्रयासलाई टेवा पु¥याउन अमेरिकी सरकारले गत वर्ष ५५ लाख अमेरिकी डलर भन्दा बढीको सहयोग उपलब्ध गराएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

झापा । झापाको दमकमा ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु भएको छ । गएराती १२ बजे झापाको दमक ४

काठमाडौं । जनता समाजवादी पार्टी जसपाले लुम्बिनी प्रदेशसभाका आफ्ना तीनजना सांसदलाई पदमुक्त गर्ने निर्णय गरेको छ । जसपा केन्द्रीय कार्यकारिणी

काठमाडौं । सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले

भरुवा बन्दुकसहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका वडा सदस्यसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । घरमा अवैधरूपमा हातहतियार (भरुवा