प्रधानसेनापति गौरव शम्शेर र जनरल फाङ्घुईबीच भेटवार्ता, चीनले दुईवटा मोबाइल अस्पताल प्रदान गर्ने

७ श्रावण २०७०, सोमबार १७:५२ मा प्रकाशित

काठमाडौं, ७ साउन । चिनियाँ जनमुक्ति सेनाका चिफ जनरल फाङ फेङ्घुईको औपचारिक निमन्त्रणामा चीनको भ्रमणमा रहनुभएका प्रधानसेनापति गौरव शम्शेर जवराले चीनको राजधानी बेईजिङमा सोमबार चीनको सेन्ट्रल मिलिटरी कमिसनका भाइस चेयरम्यान एयर चिफ मार्सल झु क्वीलियाङ्गसँग भेटवार्ता गर्नुभएको छ । सो अवसरमा दुई देश र सैनिक संगठनबीचको लामो ऐतिहासिक सम्बन्ध र एक आपसका द्धिपक्षिय हित र सहयोगको विषयमा कुराकानी भएको बुझिएको छ । उक्त अवसरमा चीनका तर्फबाट डेपुटी चिफ अफ जनरल स्टाफ ले.ज. वाङ्ग ग्वान झोङ्ग, चिफ अफ मेडिकल डिपार्टमेन्ट अफ जनरल लजिस्टिक डिपार्टमेन्ट पे.ज. ग्वु क्वान, डेपुटी चिफ अफअपरेसन डिपार्टमेन्ट अफ जनरल स्टाफ एचक्यू मे.ज. ग्वो यू लिीन र डेपुटी चिफ अफ फरेन एफेयर्स अफिस मे.ज. सी ग्वो उईलगायतको उपस्थिति रहेको थियो ।
साथै प्रधानसेनापतिबाट चिनियाँ जनमुक्ति सेनाका चिफ अफ जनरल स्टाप फाङ्घुईसँग छुट्टै भेटवार्ता पनि भएको छ । यस अवसरमा आपसी द्धिपक्षिय हित एवं सैनिक सम्बन्ध र सहयोगका क्षेत्रमा कुराकानी भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
भेटघाटकै क्रममा आयोजित एक विशेष कार्यक्रमबीच चिनियाँ सरकारका तर्फबाट नेपाली सेनालाई सहयोग स्वरुप ५९ मिलियन आरएमवी बराबरको २ वटा मोवाईल अस्पताल प्रदान गरिने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यसैगरी, चिनियां सरकारको तर्फबाट नेपाली सेनालाई ५० मिलियन आरएमबी बराबरको थप सहायता निकट भविष्यमा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त भएको बताइएको छ ।
सोमबार नै भएको अर्काे कार्यक्रममा प्रधानसेनापति राणालाई चिनीयाँ जनमुक्ति सेनाका स्थल सेना, वायु सेना र जल सेनाका छुट्टाछुट्टै टुकडीले संयुक्त रुपमा सम्मान–गारत प्रदान गरेको थियो । कार्यक्रममा नेपालका लागि चिनियां सैनिक सहचारी र चीनका लागि नेपाली सैनिक सहचारीको समेत उपस्थिति रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । भरतपुर अस्पतालमा कोरोना सङ्क्रमणका बिरामीको चाप बढेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा अस्पतालमा उपचार गर्न

डोटी । कोरोना भाइसको जोखिम कायमै रहेका बेला त्यसको बेवास्ता गर्दै सयौँ सुदूरपश्चिमेली काम खोज्नका लागि दिनहुँ भारत पस्न थालेका

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले भेटवार्ता गर्नुभएको छ । कांग्रेसको

उदयपुर । जिल्लाको त्रियुगा नगरपालिका-२ खैजनपुरगाउँमा कोरोना सङ्क्रमणबाट एकै परिवारको तीन जनाको मृत्यु भएको छ । वडाध्यक्ष घमानसिंह खत्रीका अनुसार