चीनमा भूकम्प, ७५ को मृत्यु

७ श्रावण २०७०, सोमबार ११:५३ मा प्रकाशित

एजेन्सी । चीनको उत्तर–पश्चिमी प्रान्त ग्वाङ्सुमा ठूलो भूकम्प आएको छ । सोमबार सबेरैको भूकम्पका कारण करिब ७५ जनाको ज्यान गएको र पाँच सयभन्दा बढी घाइते भएको प्रारम्भिक विवरण दिइएको छ ।
डिङ्जी शहरनजिक आएको भूकम्प ६ रेक्टर स्केलको भए पनि भूकम्पको धक्का तीव्र महसुस गरिएको बताइएको छ । भूकम्पले कैयन घर भत्काउनुका साथै व्यापक क्षति पु¥याएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । राहतकर्मीहरु समयमै उद्दार कार्यमा जुटेका समाचारमा जनाइएको छ ।
चीनको सिचुआन प्रान्तमा सन् २००८ मा गएको भूकम्पमा परी ९० हजार मानिसको ज्यान गएको थियो भने लाखौँ बेघरबार बनेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गरेका छन् । अखिल नेपाल

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप भएको छ । यसअघि जारी गरिएको निषेधाज्ञाको आदेशको अवधि आइतबार सकिएपछि काठमाडौं,

काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षका सांसद नारदमुनि रानाले संसद पुनःस्थापना र अहिलेको सरकार सर्वोच्च अदालतले बनाइदिएको भनेपछि संसदको अन्तर्राष्ट्रिय

काठमाडौं । सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका