अनेसासको २०० औं भानु जयन्ती वुडब्रिजमा सम्पन्न

७ श्रावण २०७०, सोमबार ०८:०७ मा प्रकाशित

वुडब्रिज, भर्जिनिया, ७ साउन । अन्तराष्ट्रिय नेपाली साहित्य समाजले नेपाली धरोहरहरुलाई २०० औं भानु जयन्तिको अवसर पारेर सम्मानित गरेको छ । समाजले आइतबार वुडब्रिज, भर्जिनियामा आयोजना गरेको विशेष समरोहमा नेपाली धरोहरहरुलाई सम्मानित गरेको हो । समाजले सम्मानित गरेका व्यक्तित्वहरुमा सगरमाथा आरोही जुनिता सुब्बा ढकाल, वाशिंगटन डिसी अमेरिका स्थित नेपाली दुतावाशका उपनियोग प्रमुख अर्जुन कान्त मैनालीले , अन्तराष्ट्रिय नेपाली साहित्य समाज डिसी मेट्रो च्याप्टर अध्यक्ष प्रकाश नेपाल, अन्तराष्ट्रिय नेपाली साहित्य समाज मेरिल्याण्ड च्याप्टर अध्यक्ष तिर्थ पाण्डे, साहित्यकार गंगा लिगल, साहित्यकार कमला ओली, उपन्याशकार चन्द्र कान्त आचार्य रहेका छन् । आइतबारनै समाजले आयोजना गरेको विशेष समरोहमा गंगा लिगलको अमेरिका उपन्यास कमला ओलीले, लाकाशको पद्यनाजली वाशिंगटन डिसी अमेरिका स्थित नेपाली दुतावाशका उपनियोग प्रमुख अर्जुन कान्त मैनालीले, प्रमोद पंगेनीको डायास्पोरिक उपन्यासकार: होमनाथ सुवेदी उपन्याशकार चन्द्र कान्त आचार्यले बिमोचन गर्नु भएको थियो । अन्तराष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष होमनाथ सुवेदी, साहित्यकार चन्द्र कान्त आचार्य, कमला ओली र नेपाली दुतावाशका उपनियोग प्रमुख अर्जुन कान्त मैनालीले मन्तब्य व्यक्त गर्नु भएको थियो । कार्यक्रमको दोस्रो सत्रमा आयोजित कबिता प्रतियोगितामा सिता पाण्डे प्रथम, मोहन निरौला दोस्रो हुनु भएको थियो । बाल साहित्य प्रतियोगिता समेत आयोजना भएको भानु वर्ष विशेष समरोहमा नेपाली मुलका अमेरिकन साहित्य अनुरागीहरुले खेलकुद र बन भोज समेत आयोजना गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली वाङ्‍मय क्षेत्रका विभिन्न व्यक्तित्वलाई विभिन्न प्रज्ञा पुरस्कार प्रदान गर्नुभएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा राष्ट्रपति

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी

काठमाडौं । साहित्यकार डा वानीरा गिरिको गए राति कोरोना सङ्क्रमणले निधन भएको छ । काठमाडौँ बानेश्वरस्थित निजामती अस्पताल पु¥याइएको आधा