अवैध भारतीय चल्ला नष्ट

७ श्रावण २०७०, सोमबार ०७:५१ मा प्रकाशित

रुपन्देही, ७ साउन । भारतसँगको खुला सिमानाका कारण रुपन्देहीका विभिन्न भागमा तस्करी तथा चल्लाहरुको अवैध कारोबार बढ्दै गइरहेको गुनासो चर्किएकोे अवस्थामा करिब २ लाख २५ हजार बराबरको ४ हजार ४५ सय गोटा अवैध चल्ला बरामद गरि नष्ट गरिएको छ । करौता सशस्त्र प्रहरी बलका प्रहरी निरिक्षक अशोककुमार यादवको नेतृत्वमा खटिएको टोलीले चल्ला बरामद गरेको हो । सशस्त्र प्रहरीले बिशेष सुराकीको आधारमा मर्चवारको बेतकुईया गाउ विकास समिति वडा नं. ७ भैसागाहन भन्ने स्थानमा भारतबाट अवैध रुपमा भन्सार छलि नेपाल ल्याउँदै गरिएको सेतो बोईलर कुखुराको चल्ला बरामद गरेको हो ।
त्यसैगरि मझगावा गाउ विकास समिति वडा नं. २ तिनकुने चोकमा भारतबाटै अवैध रुपमा भन्सार छलि ल्याउदै गरिएको करिब २ लाख रुपैया बराबरको ४ हजार गोटा सेतो बोईलर कुखुराको चल्ला बरामद गरिएको शसस्त्र प्रहरी उपरिक्षक भेष बहादुर शाहले जनाएका छन् ।
बरामद गरिएको चल्लाहरु पशु क्वारेन्टाईन चेक पोष्ट बेलहियाका प्रतिनिधि, जनपद प्रहरी, पत्रकार र स्थानियवासीहरुको रोहवरमा नष्ट गरिएको शसस्त्र प्रहरी बल दुईमुहान घाटका प्रहरी निरिक्षक यादवले बताए । बरामद गरिएका चल्लाहरु स्थानिय भरियाहरु प्रयोग गरि नेपाल भित्रयाउने गरेको र ओसार प्रसार गर्नेहरु प्रहरी देखी चल्ला छाडी फरार भएको उनले जानकारी दिए ।
–चन्द्रकान्त खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन तीन हजार ९३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

हुम्ला । मुगु र हुम्ला जिल्ला जोड्ने लिंक रोड निर्माण गरे पनि कर्णाली नदीमा पुल निर्माणमा ढिलाइ भएको छ ।

काठमाडौं । तीन साता बितिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैन । मन्त्रालयको टुंगो लाग्नु त परैजाओस्

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) माधव समूहको केन्द्रीय सदस्यहरुको बैठक जारी छ । काठमाडौंको बुद्धनगरस्थित एक पार्टी प्यालेसमा बसिरहेको