आदिवासीको नाममा रंगशाला

६ श्रावण २०७०, आईतवार १६:०८ मा प्रकाशित

दमक, ६ साउन । झापाको लखनपुर–१ स्थित निर्माणाधीन आदिवासी रगंशाला तथा स्मृति पार्क खेलकुद क्षेत्रका अधिकारीहरूद्वारा निरीक्षण गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयका सह–सचिव वैकुण्ठप्रसाद काफ्लेको नेतृत्वमा आएको टोलीले रङ्गशालाको स्थलगत अध्ययन गरेको हो । पूर्वाञ्चलमा हुन गइरहेको सातौँ राष्ट्रिय खेलकुदको तयारीका लागि सम्भाव्यता अध्ययन गर्ने उद्देश्यले टोलीले निर्माणाधीन रगंशालाको विविध विषयमा जानकारी लिएका थिए । टोलीलाई रंगशाला समितिका पदाधिकारीहरुले बजेट अभावका कारण लामो समयदेखि निर्माण कार्य रोकिएको गुनासो राखे भने समितिका अध्यक्ष नित्यानन्द ताजपुरियाले रंशालालाई समयमै सम्पन्न गराउन केन्द्रीय बजेट छुट्याउन माग गरेका थिए । टोलीमा राष्ट्रिय खेलकुद परिषदका लेखा प्रमुख वासुदेव आचार्य, योजना अधिकृत भिम पनेरु सहितका उच्च अधिकारीहरु संलग्न रहेका थिए । अध्ययन टोलीमा रहेका राखेपका पूर्वाञ्चल क्षेत्रीय अध्यक्ष किरण राईले ७ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको एउटा खेल यही रगंशालामा गर्ने लक्ष्य रहेको जानकारी दिए । सोही प्रयोजनले लागि टोली स्थलगत अवलोकनमा आएको संलग्न अधिकारीहरुले बताए । रगंशाला निर्माणका लागि सरकारसँग यही आर्थिक वर्षमा पाँच करोड रुपैयाँ बजेट माग गरिएको उपभोक्ता समितिका सल्लाहकार तथा एनेकपा माओवादी क्षेत्र नम्बर ७ का संयोजक गगन पुरीले जानकारी दिए । माग गरिएकोमध्ये तीन करोड रुपयाँ विनियोजन गर्ने आश्वासन पाएको पुरीको दावी छ । अध्ययन टोलीले रगंशालाको चरणवद्ध निर्माण कार्यमा बजेट विनियोजन गर्न पहल गर्ने प्रतिबद्धता जनाएका थिए । पूर्व–पश्चिम राजमार्गको उत्तरपट्टी रंगशाला करिव २९ बिगाहा क्षेत्रफलमा रगंशाला र पार्क निर्माण गरिने योजना रहेको छ । स्थानीय वासिन्दा, सशस्त्र प्रहरी बल पाथिभरा गणको अगुवाईमा भौतिक योजना अघि बढाइएको हो । गणको स्वामित्वको करीब २५ बिगाहा क्षेत्रफलमा आधुनिक किसिमको रंगशाला बनाउने योजना २०६७ सालमा शुरु भएको थियो । तत्कालीन रक्षामन्त्री विद्या भण्डारीले शिल्यान्यास गरेको एक वर्षपछि रङ्गशाला निर्माण थालिएको हो । राष्ट्रिय योजना आयोगको प्राथमिकता सुचीमा परेको भनिएको सो योजनाका लागि पहिलो बर्ष विनियोजित एक करोड रुपैयाँ ठेक्का प्रकृयाबाट खर्च भएको रगंशाला निर्माण तथा रेखदेख र स्मृति पार्क व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ताजपुरियाले जानकारी दिए । सो बजेटबाट त्यहाँ ठेकेदारले माटो सम्याउने, ड्रेन बनाउने र चिहान व्यवस्थापनको काम गरेको बताइएको छ । त्यसयताका दुई बर्ष सो योजनाका लागि कुनै बजेट बिनियोजन नहुँदा रंगशाला निर्माण योजना अलपत्र परेको थियो । रङ्गशालाभित्र १३ बिगाहा क्षेत्रफलको छुट्टै खेल मैदानको समेत योजना गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय समिति वैठक आज पनि बस्दैछ । राजधानीमा हिजोदेखि शुरु भएको

चर्चितत अर्जेन्टाइनी फुटबल खेलाडी लियोनल मेस्सीले बार्सिलोना छाड्ने पक्का भएको छ । क्याटलन फुटबल क्लबले हिजो एक विज्ञप्ती जारी गर्दै

काठमाडौं । नेपाली काँग्रेसका संस्थापन इतरका नेताहरूले कार्यतालिका छोट्याएर भए पनि निर्धारित मितिमा महाधिवेशन सम्पन्न गर्नुपर्ने बताएका छन् । पार्टीका

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल आबद्ध रहेका व्यापारसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौता के कति देशको हितमा छन भन्ने कुराको