नेताहरुभन्दा ज्ञानेन्द्र नै ठिक : माओवादी सचिव चन्द

६ श्रावण २०७०, आईतवार ११:४७ मा प्रकाशित

काठमाडौं, ६ साउन । मोहन वैद्य नेतृत्वको नेकपा माओवादीका सचिव नेत्रविक्रम चन्द ले पूर्वराजा ज्ञानेन्द्रका कमीकमजोरी आफ्ना ठाउँमा भए पनि उनी राष्ट्रवादी व्यक्ति भएको बताएका छन् । क्रान्तिकारी पत्रकार महासंघ कैलालीले आइतबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता चन्दले यतिबेला विदेशी हस्तक्षेपले मुलुक संकटमा फसेको सन्दर्भ कोट्याउँदै राष्ट्रलाई वाह्य हस्तक्षेपको समस्याबाट बचाउन पूर्वराजा ज्ञानेन्द्रसँग पनि सहकार्य गरेर जान सकिने बताए । विदेशीको सेवा गर्ने दलका नेताको प्रवृतिका कारण मुलुक संकटमा फसेको उल्लेख गर्दै उनले तुलनात्मक रुपमा ज्ञानेन्द्र नै नेताहरुभन्दा राष्ट्रियताको मामलामा ठिक भएको बताए । 
ज्ञानेन्द्रले राष्ट्रलाई समस्या आयो मिलेर जाउँ भने भने राष्ट्रियताको संरक्षणका लागी मिलेर जान सकिने उल्लेख गर्दै उनले तर अहिले नै ज्ञानेन्द्रसँग त्यस्तो कुनै छलफल भने भइसकेको प्रस्ट्याए । बिदेशी नागरिकलाई नागरिकता दिएर चुनावबाटै सिक्किमीकरण गर्न लागिएको दाबी गर्दै चन्दले देश सिक्किमीकरणमा जानबाट बचाउन सबैसँग सहकार्य गर्न तयार बताए।

प्रतिक्रिया
सम्बन्धित खवर

झापा । झापाको दमकमा ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु भएको छ । गएराती १२ बजे झापाको दमक ४

काठमाडौं । जनता समाजवादी पार्टी जसपाले लुम्बिनी प्रदेशसभाका आफ्ना तीनजना सांसदलाई पदमुक्त गर्ने निर्णय गरेको छ । जसपा केन्द्रीय कार्यकारिणी

काठमाडौं । सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले

भरुवा बन्दुकसहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका वडा सदस्यसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । घरमा अवैधरूपमा हातहतियार (भरुवा