तिनाउले बालक बगायो

६ श्रावण २०७०, आईतवार ०९:३९ मा प्रकाशित

रुपन्देही, ६ साउन । बुटबलमा तिनाउ खोलाले बगाएर एक बालकको ज्यान गएको छ । बुटबल–१३ देबिनगरका कृष्ण परियारका ५ बर्षिय छोरा कुष परियारको मृत्यु भएको ईलाका प्रहरीकार्यालय बुटबलले जनाएको छ । आफ्ना दिदीहरुसँग खोलामा नुहाउँदै गर्दा खोलाको छालले तानेर बालकलाई बगाएको थियो । उनको शव देविनगरमा भेटिएको छ । 

यसैगरी सर्पको टोकाइबाट पाल्पाको सिद्धेश्वरमा एक बालिकाको मृत्यु भएको छ । सिद्धेश्वर–९ कीे १३ बर्षिया लक्ष्मी कुमालको सर्पको टोकाइबाट ज्यान गएको हो । घरमा सुतीरहेका अबस्थामा सर्पले टोकेपछि उपचार गर्न मिसन अस्पताल पाल्पामा लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

यस्तै, गुल्मीको घमिरमा घाँस काट्ने क्रममा रुखको हाँगा भाँचिएर लड्दा एकजनाको मृत्यु भएको छ । घमिर–९ का ७० बर्षिय रितमान अर्याललको मृत्यु भएको गुल्मी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप आगामी असोजमसान्तसम्म एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा ल्याउने भएको छ

झापा । विर्तामोडको एउटा होटलमा २२० डोज भेरोसिल खोपसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन ओमबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षलाई धेरै प्रतीक्षा गर्न उचित नहुने बताएका छन् । शुक्रबार पार्टी