शान्ति प्रक्रियामा ब्रेक थ्रु;लडाकु, हतियार र शिविर सेनाको जिम्मामा

२८ चैत्र २०६८, मंगलवार १७:११ मा प्रकाशित

काठमाडौ, २८ चैत ।  चैत ३० गते सुरु हुने प्रक्रिया छोट्याएर आजैबाट माओवादी लडाकुको हतियार, कन्टेनर र शिविर सरकारको आजैबाट सबै प्रक्रिया सुरु गर्ने निर्णय गरेको विशेष समिति सदस्य वर्षामान पुनले जानकारी दिए ।
बैठकले माओवादी लडाकुका १५ बटै शिविरको सुरक्षाको जिम्मा आजैबाट नेपाली सेनालाई दिने गरी निर्देशन दिने निर्णय पनि गरेको छ । बैठकले त्यसकालागी आजै आचार संहिता जारी गर्ने निर्णय पनि गरेको छ ।
त्यसैगरी समायोजन र स्वेच्छिक अवकासको कामलाई सँग सँगै अगाडि बढाउँने स्पष्ट पार्दै  समायोजन प्रक्रिया जारी रहँदा सम्म पनि स्वेच्छिक अवकासमा जान पाईने ब्यवस्था गरेको छ । भोली बस्ने समितिको अर्को बैठकले महानिर्देशनालयको संरचना र छनौट समिति गठनको निर्णय गर्ने जानकारी पुन ले दिए ।
पुनले शान्ति प्रक्रियामा ब्रेक थु्र भएको भन्दै यसले संविधान निर्माणको क्रममा रहेको विवादकालागी तीन दललाई ठोस छलफल गर्न आधार तयार पारेको बताए । उनले समायोजन प्रक्रिया अगाडि बढाउँदा शिविरमा असन्तुष्ठि अगाडि आएको भन्दै आजको निर्णयले विवाद समाधान भएको विश्वास ब्यक्त गरे ।
समितिको बैठक प्रमुख तीन दलका शिर्ष नेताहरुसहित बसेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली सङ्घ(एनआरएनए) हङकङले कास्कीको माछापुच्छ गाउँपालिका–२ स्थित सार्दिखोला स्वास्थ्य चौकीलाई दुई थान अक्सिजन कन्सनट्रेटर उपलब्ध गराएको छ । एनआरएनएले

काठमाडौं । चौधौं महाधिवेशनको निकट आइपुगेको दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बिहान बस्न लागेको छ। आज बिहान ९ बजे

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सातवटै प्रदेशका सामाजिक विकास मन्त्रालयलाई कम्तीमा एक हजार दरले अक्सिजनका सिलिण्डर भरेर तयारी व्यवस्थापन

बेइजिङ । कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा नयाँ सङ्क्रमितहरु भेटिने क्रम बढेको बताइएको छ । चीनमा आइतबार कोरोना भाइरसका