डलर देखाएर ठग्ने गिरोह पक्राउ

५ श्रावण २०७०, शनिबार १९:४८ मा प्रकाशित

काठमाडौँ, ५ साउन । सर्वसाधारण तथा विशेष गरी रोजगारको शिलशिलामा विदेशबाट फर्किएका व्यक्तिहरुलाई अमेरीकन डलर देखाई विभिन्न प्रलोभनमा पारी ठगी गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गंगबु बस्ने सिन्धुली जिल्ला टाँडी–३ घर भएका ३२ बर्षीय दिलबहादुर तामाङ्ग, चुच्चेपाटी बस्ने सिन्धुली जिल्ला सिर्थौली–९ घर भएका २७ बर्षीय जरसिंह तामाङ्ग, महाँकाल बस्ने सिन्धुली सिर्थौली–९ घर भएका ३२ बर्षीय मदन मगर र सुकेधारा बस्ने सिन्धुली जिल्ला जिनाकोट–४ घर भएका २८ बर्षीय विरबहादुर तामाङ्ग रहेका छन् । महानगरीय प्रहरी परिसर काठमाडांैबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई गंगबु एरियाको विभिन्न स्थानहरुबाट ५०को डलर १ थान, ५ सय दरको दिनार २ थान र नेपाली रुपैयाँ २८ हजार ५ सय सहित पक्राउ गरेको थियो । 
यसैगरी, काठमाडौँ महानगरपालिका–१५ चौमतीस्थित चन्द्र श्रेष्ठको घरको दोस्रो तलामा जुवातास खेलीरहेका सामाखुसी बस्ने मकवानपुर जिल्ला पानीपोखरी–५ घर भएका ३९ बर्षीय सुमन बराम मगर मकवानपुर जिल्ला मार्ख–६ घर भएका ३८ बर्षीय राजेश थापा मगर सहित ६ जनालाई महानगरीय प्रहरी प्रभाग स्वयम्भुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय समिति वैठक आज पनि बस्दैछ । राजधानीमा हिजोदेखि शुरु भएको

काठमाडौं । नेपाली काँग्रेसका संस्थापन इतरका नेताहरूले कार्यतालिका छोट्याएर भए पनि निर्धारित मितिमा महाधिवेशन सम्पन्न गर्नुपर्ने बताएका छन् । पार्टीका

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल आबद्ध रहेका व्यापारसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौता के कति देशको हितमा छन भन्ने कुराको

कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन तीन हजार ९३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार