दुई युवतीद्वारा खोलामा फल हानेर आत्महत्याको प्रयास

५ श्रावण २०७०, शनिबार १९:३९ मा प्रकाशित

काठमाडौं, ५ साउन । खोलामा हाम फालेर आत्महत्या गर्न खोज्ने दुई युवतीलाई प्रहरीले उद्धार गरेको छ । तनहुँ जिल्लाको चन्द्रावती–३ बस्ने १७ बर्षीया पुजा अधिकारी र १७ बर्षीया अस्मिता अधिकारीले शनिबार बन्दीपुर–४ चिसापानीस्थित चुँदीखोलामा फाल हानेका थिए । सो घटना बारे तत्काल नजिकको प्रहरीकहाँ रिपोर्ट गरिएको थियो । घटनाको जानकारी प्राप्त भएलगत्तै उद्धारमा खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा ती दुबै युवतीलाई उद्धार गरेका हुन् । उनीहरुको अवस्था गम्भीर रहेकोले उपचारको लागि डुम्रेस्थित लक्ष्मी अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ । दुवैले एकसाथ आत्महत्या किन गर्न खोजेका हुन् भन्ने बारेमा केही खुलेको छैन । उपचारपछि उनीहरुको बयान लिइ आवश्यक कारवाही अघि बढाइने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा