तातोपानीको बाटो बढाउन चिनियाँ दबाब

५ श्रावण २०७०, शनिबार ०९:३२ मा प्रकाशित

काठमाडौं, ५ साउन । तातोपानीमा निर्माणधीन सुख्खा बन्दरगाहसम्मको ७ किलोमिटर बाटो फराकिलो पार्न चीनले नेपाललाई दबाब दिएको बुझिएको छ । नेपाल चीनबीचको व्यापारलाई थप सहज र सुविधा बनाउनका लागि भन्दै चिनीयाँ पक्षबाट दबाब आएको स्रोतको भनाई छ । चिनियाँ पक्षले दायाँ, बायाँको घरटहरा भत्काएर बाटो फराकिलो बनाउनका लागि दबाब दिएपछि जिल्ला प्रशासन कार्यालयले केही दिनभित्र सुरक्षाकर्मी लगाएर भए पनि बाटो फराकिलो बनाउने निर्णय लिएको स्रोतले जनायो ।
गत पुसदेखि निर्माण सुरु भएको बन्दरगाहसम्म आउने बाटो फराकिलो पार्न चिनियाँ पक्षले आग्रह गरे पनि राजमार्ग आसपासका स्थानीयले विरोध गरेपछि सडक निर्माण रोकिएको थियो । चिनियाँ दबाब बढेकोले स्थानीय प्रशासनले अब स्थानीयसँग सहमती नभए सुरक्षाकर्मी लगाएर भए पनि घर टहरा हटाउने तयारी गरेको छ ।
निर्माण सुरु भएको २६ महिनामा सम्पन्न हुने सुख्खा बन्दरगाह निर्माणको ठेक्का चिनियाँ निर्माण कम्पनी रियल स्टेटले जिम्मा पाएको थियो । चिनियाँ पक्षले काम गरे पनि नेपालको तर्फबाट इन्टरमोडल यातयात विकास समितिले अनुगमन गर्नै बन्दरागहाको २० करोडमा निर्माण सम्पन्न हुने बताइएको छ । ४ दशमलब २ हेक्टर क्षेत्रफलमा निर्माण भइरहेको बन्दरगाहामा १ सय ५८ ठुला कन्टेनर र २३ ओटाभन्दा बढी कार अट्ने जानकारी दिइएको छ । बन्दरगाहभित्र बैंक, कृषि, पशु क्वारेन्टाइनलगायतका कार्यालय रहनेछ । बन्दरागहामा भण्डारण क्षेत्र कार्गो र लिटिगेसन गोदामसमेत रहनेछ । भन्सार यार्डमै ६० देखि १ सय मेट्रिक टनसम्म तौल गर्न सक्ने मेसिनसमेत जडान गरिनेछ । बन्दरगाह निर्माणका लागि नेपाल सरकारले ६ करोड खर्च गरेर २ सय २५ रोपनी जग्गा यसअघि नै अधिकरण गरिसकेको छ ।
यसैबीच तातोपानी नाका भएर व्यापार गर्ने नेपाली व्यापारीले चीनबाट नेपाल आयात हुने विभिन्न सामग्री चिनियाँ पक्षले नै तातोपानीसम्म ल्याउने वातावरण बनाइदिनका लागि चिनियाँ पक्षसँग आग्रह गरेका छन् । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, नेपाल ट्रक कन्टेनर व्यवसायी संघ र हिमालय सीमापार वाणिज्य संघका पदाधिकारीले सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी डिल्लीराज पोखरेलसँग यस्तो आग्रह गरेका हुन् । भौगोलिक विकटता, साँघुरो बाटो र चीनको खासामा हुने सवारी जामले चिनियाँ सामग्री ढुवानी गर्न समस्या भएकाले चिनियाँ सवारी साधनबाटै तातोपानीको लार्चासम्म ल्याउने व्यवस्थाका लागि व्यापारीले प्रजिअमार्फत चिनियाँ पक्षलाई आग्रह गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।विश्वभरी नै कोरोना संक्रमित बढिरहेका छन् । कोरोनाको ओमिक्रोन भेरियन्टका कारण संक्रमणको ग्राफ विश्वभर एकैपटक बढेको हो । पछिल्लो २४

चितवन । वर्षेनी वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रु चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण सुरु गरिएको छ

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र