एमाओवादी बाबुरामकै बाटोमा !

५ श्रावण २०७०, शनिबार ०९:१९ मा प्रकाशित

काठमाडौं, ५ साउन । अप्ठेरो पर्दा स्थयी समाधानको उपाय नखोजी टाकटुके विधि अवलम्वन गर्ने आदत परेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले फेरि पनि यस्तै कामचलाउ बाटो अपनाएर पार्टीमा पछिल्लोपटक उत्पन्न विवाद साम्य गराउने प्रयत्न गरेका छन् । उाध्यक्षबाट बाबुराम भट्टराईले राजीनामा दिएपछि सिर्जित गाँठो फुकाउन डाकिएको विस्तारित बैठकमा दाहालले भट्टराईको ‘पदत्याग गलत रहेको तर हालका लागिचाहिँ भट्टराईले भनेझैँ अध्यक्षको एकल नेतृत्वमा केन्द्रीय टिम निर्माण गरेर जाने प्रस्ताव गरेका छन् ।
शुक्रबारबाट ललितपुरको खन्ना गार्मेन्टमा सुरु भएको सातौं केन्द्रीय समितिको प्रथम विस्तारित बैठकमा केन्द्रीय कार्यालयका तर्फबाट अध्यक्ष दाहालले प्रस्तुत गरेको ६ बुँदे संगठनात्मक प्रतिवेदनमा सो प्रस्ताव गरिएको हो । दाहालले प्रस्तुत गरेको प्रतिवेदन बैठकले अनुमोदन गरेमा एमाओवादी अब एकल नेतृत्व प्रणालीमा गई अध्यक्ष दाहालबाहेक सबैको पद केन्द्रीय सदस्यमा सीमित हुनेछ ।
बाबुरामको पदत्यागलाई एउटा ढोँग र अव्यावहारिक निर्णयका रुपमा व्याख्या गर्दै आएका एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने दाहालको प्रस्तावमा असहमति जनाएका छन् । पार्टीको समस्या समाधान हुन्छ भने आफू अध्यक्षको प्रस्ताव मान्न तयार त रहेको तर यो प्रक्रिया ठिक होइन भन्न नछोड्ने श्रेष्ठको भनाई छ ।
दाहालले छलफलका लागि प्रस्तुत गरेको पाँचबुँदे प्रस्तावको पाँचौं नम्ब बुँदामा बाबुरामको ‘त्यागपत्र’ लाई पार्टीले गलत ठह¥याउँदै अस्वीकार गरेको उल्लेख छ । दाहालको प्रस्तावमा भनिएको छ, ‘पार्टीभित्रको संगठनात्मक रूपान्तरण र सुदृढीकरणका निम्ति बाबुरामजीले उठाएको कुरा ठीक भए पनि अहिलेको वस्तु, काल परिवेशमा पार्टीले त्यसलाई गलत हो भन्ने ठान्छ र त्यसलाई अस्वीकार गर्छ ।’
घोषित निर्वाचन सफल र सम्पन्न गर्नका लागि पार्टीका सम्पूर्ण शक्तिलाई परिचालन गर्ने तर निर्वाचन असफल पार्ने षड्यन्त्र भएमा निर्वाचनका लागि आन्दोलनमा जानुपर्ने विकल्प पनि दाहालले प्रस्ताव गरेका छन् ।
दाहालले अहिले पार्टीभित्र निम्तिएको समस्या भनेको हेटौंडा महाधिवेशनले पारित गरेको राजनीतिक कार्यदिशाअनुसारको संगठन निर्माण गर्न नसक्नु भएको भन्दै अब सांगोपांग छलफल गरेर समस्याको समाधान खोजिनुपर्ने बताएका छन् ।
विस्तारित बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले हेटौंडा महाधिवेशन अन्तरिम भएकाले संगठनलाई व्यवस्थित बनाउन बाँकी रहेको बताएका थिए । उनले हेटौंडाले राजनीतिक कार्यदिशालाई स्थापित गरे पनि संगठनलाई थाती राखेकाले समस्या आएको बताए भने बाबुराम भट्टराईले ऐंजेरुहरूले पार्टीलाई कमजोर बनाएको भन्दै विस्तारित बैठकले खराब ऐंजेरुलाई पन्छाएर अगाडि बढ्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ । कुखुरा

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँको सिमाना हुँदै बग्ने ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ । प्राकृतिक

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर