स्थानिय निकायमा अनिश्चितकालीन तालावन्दी

५ श्रावण २०७०, शनिबार ०८:०६ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, ५ साउन । लक्षित वर्ग संयुक्त संघर्ष समिति, रुपन्देहीले जिल्ला विकास समितिसहित बुटवल नगरपालिका, सिद्धार्थनगर नगरपालिका र ६९ गाविसमा अनिश्चितकालिन तालावन्दी गरेको छ । बुटवल नगरपालिकामा जिल्ला महिला समन्वय समितिकी उपाध्यक्ष बिमला पन्थीको नेतृत्वमा हरि बम्रेल, माया बराल लगायतको टोलीले तालावन्दी गरेका थिए भने जिविसमा संघर्ष समितिका संयोजक धनबहादुर गुरुङको नेतृत्वमा दलित वर्ग उत्थान समन्वय समितिका उपाध्यक्ष पदम विश्वकर्मा लगायतको टोलीले ताला लगाएको हो । जिल्लाका गाविसमा भने जिल्ला स्तरका समितिका नेताहरु र क्षेत्रीय संयोजकहरुको नेतृत्वमा ताला लगाइएको संयोजक गुरुङले बताए । जिल्ला विकास समिति, रुपन्देही र बुटवल नगरपालिकामा लगाइएको तालाचाहिा प्रहरीको सहयोगमा खोलिएको छ । 
सरकारले आदिवासी जनजाति लगायत सबै लक्षित समुहको समन्वय समिति गठन निर्देशिका र समिति खारेज गरेको विरोधमा स्थानिय निकायमा तालावन्दी गरिएको समितिले जनाएको छ । समितिले संघर्षका कार्यक्रम अन्तरगत साउन ७ गते रुपन्देही जिल्ला बन्द गर्ने कार्यक्रम राखिएको उपाध्यक्ष गुरुङले बताए । खिलराज रेग्मी सरकारले मन्त्रिस्तरको निर्णयबाट गएको जेठ २९ गते सबै लक्षित वर्ग समन्वय समिति गठन निर्देशिका खारेज गर्नुलाई ०६२/६३ को जनआन्दोलनको म्यान्डेटविपरित भएका भन्दैं समितिले आन्दोलन गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।