एम्बुलेन्समा अवैध सामग्रीको तस्करी हुन थालेपछि…

५ श्रावण २०७०, शनिबार ०७:५८ मा प्रकाशित

रुपन्देही, ५ साउन । बिरामी बोक्ने एम्बुलेन्समा रक्तचन्दन, लागुपदार्थ लगायतका अवैध सामग्री ओसारपसार हुन थालेपछि एम्वुलेन्स चालक संघ रुपन्देहीले पेशागत मर्यादामा गम्भीर आघात पुगी बदनाम भएको भन्दै चिन्ता प्रकट गरेको छ । चालकहरुको छाता संस्था एम्वुलेन्स चालक संघले केही एम्बुलेन्स चालकहरुले अवैध सामानहरुको ओसारप्रसार गरेको स्वीकार गर्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रेस विज्ञप्ति जारी गर्दै संघका अध्यक्ष भुमिराज पराजुलीले केही एम्बुलेन्समा राज्यद्धारा निषेधित अवैध सामानहरु ओसारपसार गर्ने गरिएकोमा चिन्ता व्यक्त गर्दै चालकहरु कहिले रक्तचन्दनको गैरकानुनी ओसारपसारमा सम्लग्न हुने, कहिले लागु औषधको कारोवार संलग्न हुने गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको घटनाले पेशा र संस्थाको मर्यादामा गम्भिर आघात पुगेको उल्लेख गर्दै त्यस्ता कार्यमा संलग्न नहुन चेतावनी समेत दिएको छ ।

नागरिकता फेर्दै ठगी गर्ने धन्दा
यसैबीच गुल्मीकी एक महिलाले नाम परिवर्तन गरेर तीनवटासम्म नागरिकता लिएको प्रहरीले जनाएको छ । विवाह भइसकेकी ती महिलाले नाम र थर परिवर्तन गरी अविवाहिता भएको नागरिकता निकाल्दै पुनर्विवाह गर्ने गरेको अनुसन्धानबाट खुलेको छ । दिगाम–७ की छोरीतारा भनिने हरिकला झाँक्रीले अलग–अलग नाममा नागरिकता निकालेकी हुन् । हरिकला एकजनासाग विवाह गर्दै लोग्नेसाग अंश लिएर फेरि अर्कोसाग बिबाहको नाटक गर्ने गरेको पाइएको सम्वद्ध प्रहरी अधिकारीले जनाए । उनले २ जेठ ०६४ मा पल्लीकोट–१ का लिलबहादुर झाँक्रीकी श्रीमतीका रूपमा ४११०१७/६५७११ नम्बरको नागरिकता बनाएकी थिइन् । त्यसपछि ७ कात्तिक ०६५ मा अविवाहिताका रूपमा ४११०२०/७४२६० गीतादेवी सूर्यवंशीको नामबाट नागरिकता बनाएकी छन् । गीतादेवीकै नामबाट उनले १३ चैत ०६६ मा म्याग्दी–८ पुलाचौरका गोविन्द बानियाँ पति भएको तेश्रो नागरिकता म्याग्दी जिल्ला प्रशासनबाट निकालेकी छन् ।
– चन्द्रकान्त खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा