एनजीओदेखि अस्पताल र मठ–मन्दिरसम्मले गरे बन अतिक्रमण

४ श्रावण २०७०, शुक्रबार २२:०० मा प्रकाशित

नवलपरासी, ४ साउन । नवलपरासी जिल्लामा जिल्ला ६ हजार सात सय ५८ हेक्टर बन अतिक्रमण भएको खुलासा भएको छ । जिल्ला बन कार्यालय नवलपरासीको पछिल्लो तथ्यांक अनुसार जिल्लामा एक लाख २२ हजार तीन सय ६५ हेक्टर क्षेत्रफल बन रहेकोमा ६ हजार सात सय ५८ हेक्टर वन अतिक्रमण भएको हो । तथापि, बन कार्यालय नवलपरासीले बन क्षेत्रमा भएको अतिक्रमण अझै हटाउन सकेको छैन । 
नवलपरासीमा झण्डै सात हजार हेक्टर क्षेत्रफल वन अतिक्रमण भएको भए पनि अतिक्रमण हटाउन प्रभावकारी काम गर्न जिल्ला बनले नसक्दा अतिक्रमणकारीहरुको मनोबल घटेको छैन । जिल्लामा वनमा भएको अतिक्रमण हटाउन जिल्ला वन कार्यालयले यसअघि पहल गरेको भए पनि अझै काम हुन नसकेको हो । नवलपरासीका मुख्य व्यापारिक केन्द्र गैंडाकोट, कावासोती, बर्दघाट, सुनवलदेखि लिएर गाउागाउासम्म वन अतिक्रमण गरि घर–टहरा बनाएर बस्नेहरु अत्यधिक छन् । त्यसैगरी सामुदायिक वन, बिद्यालयहरु, क्याम्पस, विभिन्न गैरसरकारी संघसंस्थाहरु, मठ मन्दिर, पार्टी पौवा, अस्पतालले वन अतिक्रमण गरि आफ्ना कार्यालय तथा विभिन्न भवन बनाएका छन् ।
– चन्द्रकान्त खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमित हुँदा एक साता आइसोलेसनमा बसे । कोरोना संक्रमित हुँदा

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौं।यही साताको पूर्वाद्र्धमा पाँच चिनियाँ लडाकु विमानले पुनः एक पटक ताइवानी सीमामा घुसपैठ ग¥यो । यसरी चिनियाँ लडाकु विमान ताइवानी

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४